Advertisement
Advertisement
Advertisement

काम नगर्ने ठेकेदारलाई कालो सूचिमा राख्छौंःमन्त्री मास्की

लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले काम नगर्ने ठेकेदारलाई कालो सूचिमा राख्ने बताउनुभएको छ । दाङको बिकट क्षेत्र ववइ गाउँपालिका वडा नं.५ स्थित जौवारीमा रहेको जनश्रम सरस्वति आधारभूत विद्यालयको १८ औं बार्षिकोत्सवलाई शुक्रबार सम्बोधन गर्दै उहाँले ठेकेदारहरुले पनि विकासमा विलम्ब गर्ने गरेको भन्दै त्यस्ता ठेकेदार कम्पनीलाई कालो सूचिमा राख्ने बताउनुभयो ।“काम नगर्ने ठेकेदारलाई कालो सूचिमा राख्छौं”,उहाँले भन्नुभयो“ बजेट परेर पनि काम नगर्ने ठेकेदारले गर्दा पनि विकासमा असर गर्ने गरेको छ ।”
विकट गंगटे पुग्नकालागि अहिले पाँच किलोमिटर क्षेत्र कालोपत्रे र बाँकी ग्राभेलको काम भइरहेको समेत बताउनुभयो । साथै गंगटेमा प्रहरी चौकी स्थापनाकालागि बजेट बिनियोजन भइसकेकाले त्यहाँ प्रहरी पोष्ट स्थापना गर्ने तयारी रहेको समेत बताउनुभयो ।
जुन ठाउँ विकट छ, त्यहाँको विकास भएमात्रै समग्र दाङको विकास भएको मान्न सकिने भन्दै पश्चिम दाङको विकालकागि आफू लागेको उहाँको भनाई छ ।
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *