Advertisement
Advertisement
Advertisement

नारायणपुरमा बन्चरो र कोदालो प्रहार गरी दुई महिलाको हत्या

दाङ घोराहीको नारायणपुरमा दुई महिलाको हत्या भएको छ ।घोराही उपमहानगरपालिका १० पहेलपारमा ५० बर्षीया जुतली बुढा र ४४ बर्षीया संगिता सुनारको हत्या भएको छ ।

Advertisement

जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीका अनुसार उनीहरुमाथि बञ्चरो, कोदालो प्रहार गरी हत्या भएको थियो । उनीहरु त्यहाँ कोठा भाडामा बस्दै आएका थिए । प्रहरीका अनुसार बुढाको पहिलेको घर रुकुम र सुनारको पहिलाको घर सुर्खेत रहेको खुलेको छ ।

दुई महिलाको हत्या शनिबार दिउँसो साढे १ बजेतिर भएको प्रहरीले अनुमान गरेको छ ।

दुई महिलाको हत्या गरेको आरोपमा प्रहरीले रोल्पाका ५८ बर्षीय टेकबहादुर घर्ती लाई पक्राउ गरेको छ । उनी पेशाले अटो चालक रहेको तथा घोराहीको चौघेरामा कोठा भाडामा बस्दै आएको भन्ने खुलेको प्रहरीले जानकारी दिएको छ ।

घटना अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *