Advertisement
Advertisement
Advertisement

गण्डकीमा मन्त्रीपरिषद् विस्तार, मनाङे बने ७ वर्षमा छैटौं पटक मन्त्री


Deprecated: strpos(): Non-string needles will be interpreted as strings in the future. Use an explicit chr() call to preserve the current behavior in /home/unitedrukum/tikhosanchar.com/wp-content/plugins/ads-for-wp/output/class-adsforwp-output-functions.php on line 1410
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सोमबार विश्वासको मत पाएका पाण्डेले आज दुई जना मन्त्री नियुक्त गरेका हुन् ।
मुख्यमन्त्री पाण्डेले सोमबार नेकपा (माओवादी) केन्द्रको ‘ह्विप’ लाई नटेरेर विश्वासको मत दिएका फणिन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ अर्थात् दीपक मनाङेलाई मन्त्री बनाएका छन् ।
मुख्यमन्त्री पाण्डेले दीपक मनाङेलाई भौतिक पूर्वाधार र नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्नबाट निर्वाचित भएका नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटालाई ऊर्जा तथा जलस्रोत मन्त्री बनाएका छन् । उनले यसअघि नै टकराज गुरुङलाई आर्थिक मामिला र विन्दुकुमार थापालाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइसकेका छन् ।
सोमबार नेपाली कांग्रेसका २७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दुई, स्वतन्त्र सांसद मनाङे र माओवादीको चुनाव चिह्नबाट जितेका देवकोटाले मुख्यमन्त्री पाण्डेलाई विश्वास मत दिएका थिए ।
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *