Advertisement
Advertisement
Advertisement

आज यी स्थानमा भारी बर्षाको सम्भावना


Deprecated: strpos(): Non-string needles will be interpreted as strings in the future. Use an explicit chr() call to preserve the current behavior in /home/unitedrukum/tikhosanchar.com/wp-content/plugins/ads-for-wp/output/class-adsforwp-output-functions.php on line 1410

मङ्गलवार रातिदेखि हिजो दिउँसोसम्म देशका धेरै ठाउँमा ठूलो पानी परेकोमा गएरातिदेखि भने मौसममा केही सुधार भएको छ । राति कोशी, मधेश र बाग्मती प्रदेशका विभिन्न ठाउँमा हल्का पानी परेको छ । पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै ओखलढुङ्गाको मानेभञ्ज्याङमा ६५ दशमलव ८ मिलिमिटर पानी परेको छ । दाङसहित अरु ठाउँमा भने फाट्टफुट्ट मात्रै पानी परेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेकाले प्रायजसो रातको समयमा पानी बढी परेको मौसमविद रोजन लामिछानेले बताउनुभयो ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज दिउँसो कोशी, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा तथा मधेस प्रदेशका थोरै ठाउँमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ ।।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *