राजेश गौतम /तुलसीपुर
दाङको तुलसीपुरमा रहेको सहयोगी बचत तथा ऋण सहकारी संस्थाको १४ औ साधारणसभा सम्पन्न भएको छ । तुलसीपुर स्थित समिक्षालय हलमा आज एक भब्य कार्यक्रमको आयोजना गरि साधरणसभा सम्पन्न भएको हो ।
सहयोगी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष डिलाराम बिस्टको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका का प्रमुख टिकाराम खड्काको प्रमुख आथित्यता रहेको थियो । त्यस्तै बिशिस्ट अतिथिहरुमा तुलसिपुर ५ का वडा अध्यक्ष बिरेन्द्र शाह , लुम्बिनी प्रदेश सहकारी संघका सचिब रुपबहादुर खत्री लगाएत रहनुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तुलसिपुरका मेयर टिकाराम खड्काले सहकारी संघसंस्थाहरूले मुलुकमा आर्थिक समृद्धिका लागि ठुलो टेवा पुर्याएको र केही सहकारीहरुको बदमासीका कारण पछिल्लो समयमा अन्य सहकारी प्रती बिश्वास घटिरहेको अबस्थामा सहयोगी सहकारीले आफ्ना सदस्यहरुलाइ बिश्वासको वातावरण दिइरहनुपर्ने बताउनुभयो ।
त्यस्तै तुलसीपुर ५ का वडा अध्यक्ष बिरेन्द्र कुमार शाहले सहकारी सम्बन्धी नियम कानुन बने पनि तुलसीपुर उपमहानगरपालिकाले त्यसलाइ लागू गर्न नसक्दा समस्या देखिएको र सबै मिलेर त्यसलाई अगाडी बढाउन लागिपर्नु पर्ने बताउनुभयो । जनप्रतिनिधिनिधिहरु ऐन कानुन बनाएर त्यसलाई कार्यान्वयन गरेर जनतालाई सेवा गर्न छाडेर जनतामाथिनै शासन गर्न खोजिरहेको वडा अध्यक्ष शाहले बताउनुभयो ।
सहयोगी सहकारीका अध्यक्ष एवम् सभाका सभापति डिलाराम बिस्टले सहकारी अभियानले छरिएर रहेका पुँजी, श्रम र सीपलाई एकीकृत गर्दै मुलुकको गरिवी न्युनीकरण र समग्र आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो । उहाँले सहयोगी सहकारिले दुख , सुखमा आफ्ना बचतकर्ताहरुका लागि समर्पित भएर काम गरेको उल्लेख गर्नुभयो ।
संस्थाका सचिव दुर्गा प्रसाद शर्माले सहकारी संस्थाको प्रतिवेदन पेश गर्दै छरिएर रहेको पुँजीलाई एकत्रित गर्दै सदस्यहरूलाई उत्पादनशील र व्यवसायिक बनाउन संस्थाले सहयोग गर्दै आएको जिकिर गर्नुभयो ।
त्यस्तै, सहकारी संस्थाको आर्थिक प्रतिवेदन पेश गर्दै कोषाध्यक्ष पहल बहादुर रोकाहाल्र सहकारी अझै पनि आर्थिक रूपले अगाडि बढ्न सक्ने र सदस्यहरूको आर्थिक समृद्धिका लागि सहयोग गर्न सक्ने प्रशस्त स्थान रहेको बताउनुभयो । सभामा कोषाध्यक्ष रोकाहाले आ.व. २०८०/८१ को आर्थिक प्रतिवेदन र २०८१/०८२ को प्रस्तावित बजेट समेत प्रस्तुत गर्नुभएको थियो ।
संस्थाका उपाध्यक्ष लालबहादुर के सी ले स्वागत मन्तव्य राख्दै सहकारिताको भावना ,मुल्य मान्यता ,अनुरुप सामाजिक हितका लागि अनवरतरुपमा लागि परेको बताउदै सहकारीको माध्यमबाट उपलब्ध स्रोत र साधनको उच्चतम प्रयोग गर्दे सदस्यहरुको आर्थिक तथा सामाजिक बिकासमा टेवा पुराउदै आएको बताउनुभयो ।
घरेलु तथा साना उद्योग महासंघका महासचिव भद्र बहादुर ओलिले निजि क्षेत्र , बित्तीय क्षेत्र र सरोकारवालाहरुलाई एकै ठाउमा जोडिएर घरेलुले काम गरिरहेको बताउदै सहकारिले साना ब्यापारी तथा ब्यबसायिहरुलाइ पनि प्रोत्साहन हुने खालका कार्यक्रम गरेर उनिहरुलाइ माथी उठाउन सहयोग गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
लुम्बिनी प्रदेश सहकारी संघका सचिब रुपबहादुर खत्री,चेम्बर अफ कमर्सका अध्यक्ष ऋषिराज भण्डारी , जिल्ला सहकारी संघका सल्लाहकार सुरेन्द्र खड्का लगाएत विभिन्न संघसंस्थाका अध्यक्ष एबम प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए ।
साधारणसभाबाट जेष्ठ शेयर सदस्य , असल बचतकर्ता , असल ऋणि , उत्कृष्ट बाल बचत , धेरै संरक्षित पुजि फिर्ता कोष प्राप्त , र छात्रवृत्ति पुरस्कार प्रदान गर्नुका साथै नया सदस्यहरुलाइ स्वागत गरिएको थियो ।
सहयोगी सहकारीमा हाल १८७६ जना सदस्य रहेका छन ।
शेयर सदस्यहरुका लागि गोलाप्रथा बाट बम्पर उपहार समेत प्रदान गरिएको थियो ।
कार्यक्रममा विभिन्न संघ संस्था बाट आतिथीहरु , संसथाका सल्लाहकारहरु , पुर्ब अध्यक्ष तथा पदाधिकारीहरु , संचालक समितीका सदस्यहरु , पत्रकार , बुद्दिजिबी , शेयर सदस्यहरु लगाएत सर्बसाधारणको उपस्थित रहेको थियो भने कार्यक्रमको सहजीकरण संस्थाका सचिब दुर्गा प्रसाद शर्माले गर्नुभएको थियो ।