Advertisement
Advertisement
Advertisement

डिभाईनको शिक्षक-अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न

तुलसीपुर, ५ असोज
दाङ तुलसीपुर स्थित डिभाईन मन्टेश्वरीको शिक्षक अभिभावक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार एक औपचारिक कार्यक्रमको आयोजना गरि अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
कार्यक्रममा नेपाल संस्कृत विस्वविद्यालयका उप-प्रध्यापक तथा डिभाईन एजुकेशन फाउन्डेसनका शैक्षिक सल्लाहकार रिम बहादुर खड्काले बालबालिकाहरुको सर्वाङ्गिन विकासका लागी शिक्षक, विद्यार्थी र अभिभावक बिच त्रिकोणात्मक सम्बन्ध हुनुपर्ने बताउनुभयो । उहाँले बालबालिकाहरुलाई मोबाईल र टिभीमा झुम्न नदिन सुझाव दिनुभयो । बालबालिकाहरुको चौतर्फी विकासका लागी पढाई सँगै अतिरिक्त क्रियाकलापमा ध्यान दिन सुझाव दिनुभयो ।
कार्यक्रममा डिभाईन एजुकेशन फाउन्डेसनका सिईओ भोजराज न्यौपानेले विद्यार्थीको चौतर्फी विकास र सिकाइ स्तर वृद्धि गर्न विद्यालय र अभिभावकको साझा चासोको विषय भएकोले त्रिकोणात्मक सम्बन्ध कायम राख्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै डिभाईन मन्टेश्वरिकी सस्थापक सदस्य बिन्दु न्यौपानेले बालबालिकाहरुको सर्वाङ्गिण विकासका लागी पढाई सँगै विविध अतिरिक्त क्रियाकलापहरुमा जोड दिंदै आएको बताउनुभयो । विद्यार्थीको शैक्षिक स्तर सँगै अन्य क्रियाकलापको बारेमा अभिभावक सँग प्रत्यक्ष छलफल गरि सल्लाह सुझाव आदानप्रदान गर्ने अन्तर्क्रीया कार्यक्रमको मुख्य उद्देश रहेको उहाँले बताउनुभयो । उक्त सल्लाह सुझाव अनुसार विद्यार्थीको सर्वाङ्गीन विकासका लागी अघि बढ्ने बताउनुभयो ।
कार्यक्रममा सहभागी अभिभावकहरुले डिभाईन मन्टेश्वरिले संचालण गर्ने विविध गतिविधिहरु प्रती अत्यन्तै प्रभावित भएको बताउनुभएको थियो । बालबालिकाको चौतर्फी विकासका लागी डिभाईन मन्टेश्वरी अब्बल सावित भएको अभिभावक विमल केसीले बताउनुभयो । त्यस्तै कार्यक्रममा सहभागी अन्य अभिभावकहरुले डिभाईनले पारिवारिक बाताबरणमा शिक्षा सँगै विभिन्न क्रियाकलापमा सहभागी बनाएको भन्दै खुशी व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा हस्त लेखन प्रशिक्षक हिमाल डाँगी, डिभाईन टेम्पल एकेडेमी भाईस प्रीन्सिपल महेश लामीछाने, एकेडेमीक कोर्डिनेटर जीवन लामिछाने लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको संचालण मन्टेश्वरिकी शिक्षीका सुजता डाङीले गर्नुभएको थियो ।
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *