रुकुम पश्चिमको एक आधारभूत विद्यालयको भौतिक संरचना निर्माण तथा विद्यार्थीलाई गुणस्तरिय शिक्षा प्रदान गर्न थालिएको सहयोग संकलन अभियानबाट ३० लाख बढी रकम संकलन भएको छ । जिल्लाको आठबिसकोट नगरपालिका वडा नम्बर १० डाडाँखालीमा रहेको सरस्वती आधारभूत विद्यालयको भौतिक संरचना निर्माण तथा गुणस्तरिय शिक्षा प्रदान गर्न सहयोग संकलन अभियान थालिएको थियो । अभियानबाट ३० लाख ५ हजार २ सय रुपैयाँ रकम संकलन भएको छ । देश तथा विदेशमा रहनुभएका २ सय ७० जना नेपालीबाट उक्त रकम संकलन भएको हो ।
विद्यालयको भौतिक संरचना तथा विद्यार्थीको पठनपाठनमा समस्या देखिएपछि विद्यालयलाई गुणस्तरिय शिक्षा प्रदान गर्न सहज होस् भन्ने उदेश्यले सहयोग संकलन अभियान थालिएको सहयोग अभियान संकलनकर्ता टिकाराम पुनले जानकारी दिनुभयो । संकलन भएको रकम केहि दिनमा विद्यालयलाई हस्तान्तरण गर्ने उहाँले जानकारी दिनुभयो । आठबिसकोट नगरपालिका १० फलाटे निवासी पुन अहिले रोजगारिको सिलसिलामा अमेरिका बस्दै आउनुभएको छ । गत कार्तिक १७ गते गएको भूकम्पले विद्यालय भवन क्षती पुर्याएको र पठनपाठनमा समस्या भइहेका बेला विद्यालयको भौतिक संरचना निर्माण तथा शिक्षा सुधारको निम्ति सहयोग संकलन गर्नु निकै सह्ररानिय काम भएको विद्यालयले जनाएको छ ।
सरकारी निकायले समेत विद्यालयको भौतिक संरचना निर्माणमा नजर नपुगेका बेला रकम संकलन गरी विद्यालयको निम्ति सहयोग संकलन गरेकोमा विद्यालय परिवारले खुसि व्यक्त गरेको छ । हाल सरस्वती आधारभूत विद्यालयमा बालशिक्षा देखि कक्षा ५ सम्म पठपपाठन सञ्चालन भइरहेको छ ।