Deprecated: strpos(): Non-string needles will be interpreted as strings in the future. Use an explicit chr() call to preserve the current behavior in
/home/unitedrukum/tikhosanchar.com/wp-content/plugins/ads-for-wp/output/class-adsforwp-output-functions.php on line
1410
देशभर रहेका करिब १५ हजार ग्यास विक्रेताहरूको साझा छाता संगठन ग्यास विक्रेता महासङ्घ नेपालको एघारौँ वार्षिक साधारण सभा तथा छैठौं महाधिवेशनको तयारी तीव्र पारिएको छ। महाधिवेशन यही माघ १२ गते शनिबारका दिन क्वालिटी क्याफे सभाहल स्वयम्भू ठूलो भर्याङ काठमाडौँमा हुने महासचिव लालबहादुर केसीले बताउनुभएको छ।
२०६९ सालमा देशभर रहेका ग्यास बिक्री वितरणमा संलग्न व्यवसायी र आम उपभोक्ताहरूको हितलाई मध्यनजर गरी महासंघ स्थापना गरिएको महासघका संस्थापक अध्यक्ष ज्ञानेश्वर अर्यालले बताउनुभयो ।
महासङ्घ स्थापनादेखि हालसम्म आम उपभोक्ताका साथै ग्यास विक्रेताहरूको हितमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै हाल देशका करिब ५० वटा जिल्ला र सातवटा प्रदेशमा कार्यक्रमहरू गरेपनि करिब ४० जिल्ला सघहरू १५० नगरसँग हरुका साथै पाँचवटा प्रदेशमा महासंघ मातातका संघहरू क्रियाशील रहेको महासंघका अध्यक्ष चन्द्रबहादुर थापाले बताउनुभयो ।

महासङ्घले आगामी वर्षहरूमा देशका सबै प्रदेश जिल्ला र नगरहरूमा आफ्नो सञ्जाल विस्तार गरी उपभोक्ता र व्यवसाियका पक्षमा काम गर्ने योजनाका साथ अघि बढेको वरिष्ठ उपाध्यक्ष विष्णुप्रसाद दुलालले बताउनुभयो ।
महासङ्घको महाधिवेशनको लागि देशभरबाट करिब ३०० प्रतिनिधि काठमाडौँमा आउने र महाधिवेशन मार्फत नयाँ नेतृत्व चयन हुने र वर्तमान परिस्थितिमा निजी क्षेत्रको एकताका लागि सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्नेमा आफूहरू रहेको र सम्भव नभए लोकतान्त्रिक मूल्य मान्यतालाई आत्मसाथ गर्दै निर्वाचन मार्फत सक्षम नेतृत्व चयन हुने कुरामा आफू विश्वस्त रहेको संस्थाका महासचिव लालबहादुर केसीले बताउनुभयो ।
Advertisement
Advertisement
Advertisement