आज चैत १४ गते बिहिवारको राशिफल

मेष :-आजको दिनमा तपाईंको मन प्रसन्न रहनेछ। साझेदारिको कार्यमा सफलता मिल्नेछ ।विपक्षीहरूलाई परास्त गर्न सफल हुनुहुनेछ। अनुत्पादक क्षेत्रमा खर्च कटौती गर्नुपर्छ। साथीभाइको सहयोग प्राप्त हुनेछ र पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ।

Advertisement
Advertisement
Advertisement
Advertisement

वृष :-मन अशान्त रहन सक्छ र पढाइमा मन नजाँदा निराशा बढ्न सक्छ। बौद्धिक व्यक्तिहरूसँग सल्लाह लिएर अघि बढ्दा फाइदा हुनेछ। पिताको सर सल्लाहले अगाडि वढ्दा शुभ हुनेछ ।साथीभाइको सहयोग प्राप्त हुनेछ।

मिथुन :-धर्म कर्ममा रुची बढ्नेछ ।यात्रावाट लाभ प्राप्त हुनेछ ।चिताएका कार्य पूर्ण हुनेछन् ।मनमा भएका असन्तुष्टि साथीभाइसँग बाँड्दा मन शान्त हुनेछ। पारिवारिक विवादबाट टाढा रहनुहोस्।

कर्कट :-बोल्दा विचार पुर्याउनुहोस्। यात्रा गर्दा ख्याल राख्नु होला ।परिवारसँग रमाइलो समय बिताउने अवसर मिल्नेछ। राजनीतिक क्षेत्रमा साथीभाइको सहयोग प्राप्त हुनेछ।

सिंह :- साना कुरामा अल्झिनु भन्दा महत्त्वपूर्ण काममा ध्यान दिनुहोस्।व्यवसायले फड्को मार्नेछ ।मनमा खटपट भए पनि महत्त्वपूर्ण कार्य सम्पादन हुनेछन् ।

कन्या राशि :-साथीभाइको सहयोगले कार्यमा फाइदा हुनेछ। पारिवारिक सुख प्राप्त हुनेछ र दाम्पत्य जीवन सफल रहनेछ। अल्छि गर्ने बानिका कारण दुख पाई पाईएला सजग रहनुहोस् ।

तुला :-अनुत्पादक क्षेत्रमा खर्च बढ्न सक्छ, कार्य क्षेत्रमा पुराना समस्या हरु सुल्झन सक्नेछन् ।अग्रजको सल्लाहमा अगाडि वढ्दा उपर्युक्त हुनेछ ।स्वास्थ्यमा ध्यान दिनुहोस्। परोपकारमा समय र धन खर्च हुन सक्छ।

वृश्चिक :-परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ। साना कुरामा अल्झिनु भन्दा महत्त्वपूर्ण काममा ध्यान दिनुहोस्। पारिवारिक सहयोग प्राप्त हुनेछ र प्रेम सम्बन्ध सुमधुर रहनेछ।

धनु :-सोचेका कामहरू सम्पन्न हुनेछन्। साथीभाइ र सहकर्मीहरूको सहयोगले योजनाहरू सफल हुनेछन्। राज्यका उच्च व्यक्तिहरूबाट हौसला प्राप्त हुनेछ।

मकर :-संचित् धन बृद्दि हुनेछ ।व्यवास्ता गर्ने बानिका कारण व्यवसायमा घाटा व्यहोर्न पर्ला ।युवा वर्गलाई नयाँ योजना निर्माण गर्दा राम्रो हुनेछ ।दान गरेर दिनको सुरुवात गर्दा दैनिकी सहज हुनेछ।

कुम्भ :-विद्यार्धी हरुका लागि अाज दिन शुभ रहेको छ । शैक्षिक उन्नति हुनेछ ।व्यवसायमा संयुक्त लगानीमा फाइदा हुनेछ। बिहान शिवको भजन सुनेर दिनको सुरुवात गर्दा दैनिकी सहज हुनेछ।

मीन :-व्यापार व्यवसाय बाट फाईदा हुनेछ ।अनुभवको कमिले गर्दा सोचे अनुरुप सफलता भने प्राप्त हुन मुस्किल हुनेछ ।स्वास्थ्य समस्याहरू समाधान हुनेछन्।बैदेशिक रोजगारकोलागि भने राम्रो रहेको छ ।

ज्योतिषाचार्य तथा वास्तु विद् माधवा शर्मा ।सचिव- नेपाल ज्योतिष परिषद् लुम्बिनि प्रदेश ।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसिपुर क लाईन जेसिस चोक दाङ ।
फोन नं – 9848060799

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *