दाङको तुलसीपुरबाट तीर्थ यात्रा गर्न भारत गएका एक समूहको स्कार्पियो गाडी भारतको बहराइचमा दुर्घटनाग्रस्त हुँदा चार जनाको मृत्यु भएको छ। बिहिबार बिहान तुलसीपुरबाट छुटेको भारतीय नम्बर प्लेटको युपी ३१ एसी ७२०० नम्बरको स्कार्पियो गाडी भारतको बहराइचमा दुर्घटना भएको हो।
तुलसीपुर–७ का वडा अध्यक्ष राम बहादुर जिसीका अनुसार दुर्घटनामा गाडी चालक तुलसीपुर–७ पर्सेनी निवासी ३७ वर्षीय युवराज चापागाईसहित चार जनाको मृत्यु भएको जानकारी दिएका छन्।
यस दुर्घटनामा तुलसीपुर–७ श्रीगैं निवासी ८० वर्षीय मोतिराम वलीको आमा समेत रहेको बताइएको छ । अन्य दुई जनाको पनि मृत्यु भएको तर उनीहरूको नाम अहिलेसम्म खुल्न नसकेको अध्यक्ष जिसीले बताएका छन्। गाडीमा कुल नौ जना सवार थिए। दुर्घटना बिहिबार दिउँसो ४ बजेतिर भएको हो।