Advertisement
Advertisement
Advertisement

रुकुम पश्चिममा जनार्दनले २० वर्षमा गर्न नसकेका काम प्रदेशबाट ५ वर्षमा 

रुकुम पश्चिममा संघ सरकारबाट २० वर्षको समयमा ५ वटा मोटरेवल पुल निर्माण हुँदा प्रदेश सरकारबाट ५ वर्षमै ५ वटा पुन निर्माण भएका छन् । भने १० वटा आयोजना कुनै निर्माणाधीन र कुनै टेण्डर आहृवान भएका छन् । तत्कालीन माओबादीबाट रुकुम पश्चिमको प्रतिनिधित्व गर्दै ४ पटक मन्त्री र ५ पटक सांसद बनेका जनार्दन शर्माको पहलमा जिल्लामा जम्मा ५ वटा मात्र मोटरेवल पुल निर्माण भएका हुन् ।

उनी सांसद तथा मन्त्री हुँदा रुकुममा गांराघाट पुल, राडिबजार- मन्मै पुल, सिम्लिबजार-पुदि पुल, सिम्रुतुखोला पुल र गिजागारखोला पुल निर्माण भएको स्रोतले बताइएको छ । तत्कालीन माओबादी र हाल नेपाली कम्युनिस्ट पार्टीका नेता गोपाल शर्मा (अनल) र रातो कामी प्रदेश सरकारमा हुँदा उनीहरूको पहलमा मुसिकोट ३ छेडा खोला पुल चौफा मोटरेवल पुल, बैरागीठाँटि खोला पुल, सालागार खोला पुल र घेत्माखोला पुल निर्माण भएका छन्।

अहिले रुकुम पश्चिमबाट प्रतिनिधित्व गर्दै प्रदेश सरकारका सांसद महेन्द्र के सी (पारसमणि) को पहलमा १० वटा पुलहरू कुनै निर्माणाधीन, कुनै टेण्डर प्रक्रियामा तथा स्रोत सुनिश्चित हुन बाँकी रहेको बताइएको छ । तिल्चाखोलामा ८ करोड ७९ लाख(निर्मानाधिन),  पुमा खोलामा ७ करोड १८ लाख (टेण्डर भएको), छिन्खेत खोलामा ६ करोड(टेण्डर हुँदै), पेदिखेत खोलामा २ करोड ५८ लाख(टेण्डर हुँदै), देउताखोलामा ४ करोड ९६ लाख, स्यानिपिब्ली खोलामा ८ करोड(टेण्डर हुँदै), घारिखोला पुलमा ६ करोड(टेण्डर प्रक्रियामा), सांखखोलामा १ करोड (सिडमनी) स्रोत सुनिश्चित हुन बाकी, चुनखोलामा १ करोड (सिडमनी)स्रोत सुनिश्चित हुन बाकि र कालाखोलामा १ करोड(सिडमनी)स्रोत सुनिश्चित हुन बाकि रहेको छ ।

नेकपा निकट नेताहरूले प्रदेश सरकारमार्फत पछिल्लो पाँच वर्षमा जिल्लामा पूर्वकालको तुलनामा बढी पूर्वाधार विकास भएको दाबी गरेका छन्। यद्यपि यो विषयमा अन्य राजनीतिक दल तथा सम्बन्धित व्यक्तिहरूको धारणा भने सार्वजनिक हुन बाँकी छ।

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *