दाङको तुलसीपुर उपमहानगरपालिका–१२ हरीपौरीमा आज साँझ अज्ञात सवारीसाधनको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ।
लगभग ६५/७० वर्षीया सन्तु चौधरीलाई साँझ करिब ७ः३० बजे टाउकोमा गम्भीर चोट लागी अचेत अवस्थामा सडकमा फेला पारिएको प्रहरीले जनाएको छ। उनलाई तत्काल राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्याइएको थियो। तर, उपचारकै क्रममा राति ८ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।
घटनास्थलको प्रारम्भिक अनुसन्धान अनुसार चौधरीलाई अज्ञात सवारीसाधनले ठक्कर दिएको देखिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी प्रहरी निरीक्षक सुर्य रानाले बताउनुभयी । तर, कुन गाडीले ठक्कर दिएको हो भन्ने खुलेको छैन। यसबारे प्रहरीले सोधपुछ तथा अनुसन्धान जारी राखेको जनाएको छ।
प्रहरी नायब निरीक्षक यक बहादुर खड्काको कमाण्डमा खटिएको टोलीले घटनास्थलमा आवश्यक सोधपुछ र अनुसन्धान भइरहेको जनाएको छ। मृतकको शव अस्पतालमै राखिएको छ।