Advertisement
Advertisement
Advertisement

रुकुम पश्चिमको आठबिसकोटमा करेन्ट लागेर एकजनाको मृत्यु

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–२ निवासी २२ वर्षिय प्रकाश थापाको करेन्ट लागेर मृत्यु भएको छ।

Advertisement

आज दिउँसो करिब १ बजे आठबिसकोट नगरपालिका–३ हरीबिसौनामा थापालाई करेन्ट लागेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार, इन्टरनेटको तार जडान गर्ने क्रममा बिजुलीको तार छोइएपछि थापा घाइते भएका थिए।

उनी घाइते भएपछि उपचारका लागि जिल्ला अस्पताल सल्ले लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *