मेष-आर्थिक पक्ष सबल बन्नेछ। व्यापार तथा व्यवसायमा मुनाफा बढ्नेछ। पारिवारिक आत्मियता बढ्ने संकेत छ। यात्रा लाभदायी हुनेछ तर अनावश्यक खर्चबाट सचेत रहनुहोस्।
वृष-कार्यस्थलमा जिम्मेवारी बढ्नेछ। वाक्चातुर्यको प्रयोग गर्दा लाभ हुनेछ। दाम्पत्य सम्बन्धमा समझदारी आवश्यक छ। स्वास्थ्यमा ध्यान दिनुहोस्।
मिथुन-मेहनतको प्रशंसा हुनेछ। पदोन्नति वा सम्मान पाउने योग छ। आर्थिक लाभको अवसर आउन सक्छ। नयाँ सम्झौता वा लगानी शुभ रहनेछ।
कर्क-घर–परिवारमा खुसी छाउनेछ। अघिल्लो प्रयासबाट आज लाभ पाउन सक्नुहुनेछ। व्यापारमा ग्राहकको विश्वास बढ्नेछ। शुभ समाचार प्राप्त हुनेछ।
सिंह-आत्मबल बढ्नेछ, नयाँ योजना सुरु गर्न अनुकूल दिन छ। सामाजिक प्रतिष्ठा बढ्नेछ। शुभकर्ममा मन जानेछ। तर अति हतार नगर्नुहोस्।
कन्या-विचार नगरी निर्णय नलिनुहोस्। आर्थिक मामिलामा धैर्य आवश्यक छ। मित्र वा सहयोगीबाट मद्दत पाउने संकेत छ। पारिवारिक वातावरण सहज हुनेछ।
तुला-विशेष योगको कारण लाभ हुनेछ। कारोबारमा मुनाफा बढ्नेछ। सामाजिक मान्यता बढ्ने सम्भावना छ। दाम्पत्य जीवन मधुर रहनेछ।
वृश्चिक-आज जिम्मेवारी बढी रहनेछ। मानसिक थकान हुन सक्छ। स्वास्थ्यमा ध्यान दिनुहोस्। नयाँ योजना हाललाई पर्खनु उचित हुनेछ।
धनु-गजलक्ष्मी योगको प्रभावले कार्यमा सफलता मिल्नेछ। यात्राबाट लाभ हुनेछ। अध्ययन/शिक्षामा प्रगति हुनेछ। दाम्पत्य सम्बन्ध प्रगाढ बन्नेछ।
मकर-अधूरी इच्छा पूरा हुने संकेत छ। कार्यस्थलमा मान–सम्मान बढ्नेछ। आर्थिक लाभ हुनेछ। घरमा धार्मिक कार्यको सम्भावना छ।
कुम्भ-आर्थिक पक्ष मध्यम रहनेछ तर नयाँ अवसर देखा पर्न सक्छन्। आफन्तसँगको भेटघाटले मन रमाउनेछ। स्वास्थ्य सामान्य रहनेछ।
मीन-भाग्यबल उच्च रहनेछ ।रोकिएका काम पूरा हुनेछन्। धन प्राप्तिको अवसर छ। पारिवारिक जीवनमा सन्तोष र प्रसन्नता रहनेछ।
माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799