दाङको तुल्सिपुरमा रहेको ज्ञानज्योती माध्यमिक बिद्यालयले कक्षा १० को एसइइ परिक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।
हिजो राष्ट्रिय परिक्षा बोर्डले शार्बजनिक गरेको नतिजा अनुसार ज्ञानज्योतिका २ जना विद्यार्थीहरुले ४ जिपिए ल्याउन सफल भएका छन । त्यस्तै १९ जना विद्यार्थीहरुले ३.६ जिपिए भन्दा धेरै र ६८ जनाले ३.२ देखि ३.६ जिपिए ल्याएर उत्तीर्ण भएका छन । बिद्यालयकी छात्रा हहिस्मा राम्जा र छात्र नारायण पोखरेलले ४ जिपिए सहित उत्कृष्ट नतिजा ल्याएको विद्यालयका साहायक प्रधानाध्यापक मनोज के सि ले बताउनुभयो ।
ज्ञान्ज्योती माध्यमिक विद्यालय साबिकको मध्यपश्चिम तथा लुम्बिनी प्रदेशकै उत्कृष्ट बिद्यालयमा पर्छ । यस बिद्यालयमा दाङ सङ्गै रुकुम , रोल्पा , सल्यान , प्युठान लगायतका छिमेकी जिल्लाबाट पनि पढ्न आउने गरेको विद्यालयाका प्रधानाध्यापक सुरेन्द्र जि सि ले बताउनुभयो ।
केही महिना अघिमात्रै एजुकेशन समाचारले देशभरका विद्यालयमा सर्वेक्षण गरेको थियो । जसमा देशभरका ८ हजार भन्दा बढि मा बि विद्यालयमा उत्कृष्ट विद्यालय मध्येमा ज्ञान ज्योति ७ औं स्थानमा परेको थियो । एजुकेशन समाचार काठमाडौंले भौतिक पुर्वाधार, अतिरिक्त क्रियाकलाप, शैक्षिक उपलब्धि, स्थापना वर्ष, नतिजा र पिपुल्स पर्सेप्सन लगायतका विषयलाई आधार बनाएर छनौट गरेको थियो ।
विद्यार्थी संख्याअनुसार नै पर्याप्त भौतिक संरचना थप, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन, अतिरिक्त कक्षा सञ्चालनलगायता कारणले नै उत्कृष्ट नतिजा ज्ञान ज्योतिकै पक्षमा आइरहेको ज्ञान ज्योतिका शैक्षिक संयोजक शरद गौतमले बताउनुभयो ।
ज्ञानज्योतिमा कक्षा ११ र १२ मा हाल विज्ञान, व्यवस्थापन, मानविकी, कानून र शिक्षा संकायमा पढाइ हुँदै आइरहेको छ ।




