Advertisement
Advertisement
Advertisement

ज्ञान ज्योती मावि फेरि देशकै उत्कृष्ट ७ मा पर्न सफल

Advertisement

एजुकेसन समाचारले २०८३ सालमा तयार पारेको देशका उत्कृष्ट माविहरूको सूचीमा तुलसीपुर स्थित ज्ञान ज्योति माध्यमिक विद्यालय देशकै उत्कृष्ट ७ माविमा पर्न सफल भएको छ । मुलुकभरबाट छनोट गरिएका ४ हजार ७ सय ४१ मावि मध्ये ज्ञान ज्योति उत्कृष्ट ७ औं स्थानमा पर्न सफल भएको छ । भौतिकपुर्वाधार, अतिरिक्त क्रियाकलाप, शैक्षिक उपलब्धि, स्थापना वर्ष, नतिजा र पिपुल्स पर्सेप्सन लगायतका विषयलाई आधार बनाएर छनौट गर्दा ज्ञानज्योति मावि उत्कृष्ट ७ मा पर्न सफल भएको हो ।

अघिल्लो वर्ष पनि ज्ञान ज्योती मावि देशकै उत्कृष्ट ७ मा पर्न सफल भएको थियो । छनौट प्रक्रियामा सम्पूर्ण माविहरुमध्ये लगातार पछिल्ला दुई वर्षमा ४ सय ८० विद्यार्थी परीक्षामा सहभागी गराउने, भौतिक पूर्वाधार, अतिरिक्त क्रियाकलाप, बोर्डबाट पाएको उत्कृष्ट माविको पुरस्कार, कक्षा ११ र १२ पढाउने अनुमति पाएको वर्ष र पिपुल्स पर्सेप्सनलाई अब्बल मावि छनोटका आधार बनाइएको छ । जसमा रिजल्टलाई ८० प्रतिशत र अन्य सबै मापदण्डलाई ४/४ प्रतिशत अंक निर्धारण गरिएको थियो । ती सबै जोडेर कूल अंकका आधारमा अब्बल माविको सूची एजुकेसन समाचारले तयार पारिएको हो । जसमा ज्ञानज्योतिले ७ औं स्थान हासिल गर्न सफल भएको छ ।

दाङको तुलसीपुर स्थित ज्ञानज्योति सेकेन्डरी स्कुल लुम्बिनी प्रदेश लगायत पश्चिम नेपालमै निरन्तर अब्बल नतिजा ल्याउन सफल ज्ञान ज्योतिको सफलताको प्रमुख आधार बौद्धिक व्यक्तिहरुको कुशल नेतृत्व, सबल व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरुको साथ र अनुशासित, लगनशील एवं क्षमतावान विद्यार्थीहरुको मेहनत रहेको विद्यालयका सिइओ सुरेन्द्र जिसीले बताउनुभयो ।

‘बिद्यार्थीहरुकाे क्षमता, अभिरुची र समयसापेक्ष तरिकाको अध्यापन गराई उनीहरुको अन्तरनिहित क्षमता प्रस्फुटन गराउन सक्नु ठूलो कुरा हो, त्यसले नै सफलता र अब्बलता निर्धारण गर्छ । त्यो गुण ज्ञानज्योतिको टिमसँग छ । साथैै गुणस्तरीय, आत्मनिर्भर र स्वरोजगारमुलक शिक्षामा जोड दिएकाे छ । विद्यालयकाे अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै प्रभाव छ । नगर, जिल्लाका साथै विभिन्न क्षेत्रस्तरीय खेलकुुद प्रतियोगितामा उत्कृट स्थान हासिल गरिरहेको छ भने राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरको खेलकुद प्रतियोगितामा सहभागी भई उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

ज्ञान ज्योतिलाई स्थापनाको दोस्रो वर्ष २०६७ सालमै शिक्षामन्त्रालयले उत्कृष्ट माविको उपाधिसहित पुरस्कार समेत प्रदान गरिसकेको छ । यो मावि गुणस्तरीय र आत्मनिर्भर शिक्षा प्रदान गर्ने तथा पढ्ने इच्छा तथा क्षमता भएका कुनै पनि विद्यार्थी आर्थिक अभावको कारणले पढाइबाट बञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्ने प्रमुख उद्देश्यसहित २०६५ सालमा स्थापना भएको सिइओ जि सीले बताउनुभयो ।

विद्यालय हालसम्म उत्कृष्ट विद्यालय पुरस्कार २०६९, २०७०, २०७१, २०७२, २०७३, २०७४ र २०७५ मा निरन्त सम्मानित हुनुका साथै २०७९ सालमा देशकै उत्कृष्ट १५ माविमा छनोट भएको थियो । देशकै उत्कृष्ट १० औ हुदै अहिले उत्कृष्ट ७ औ स्थान हासिल गर्न सफल भएको छ । विद्यालय विभिन्न सामाजिक संघ संस्थाबाट पनि विभिन्न समयमा सम्मानित हुँदै आएको छ ।

विद्यालयले कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, मानविकी, कानून र शिक्षा संकायमा पढाइ सञ्चालन गर्दै आएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *