Advertisement
Advertisement
Advertisement

जनउत्थानको आयआर्जनमूलक तालिम : बेमौसमी तरकारी खेतीमा जोड

Advertisement

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा सञ्चालन कार्यालय कबिलास, चितवनको आयोजनामा समूह सदस्यहरूलाई लक्षित गरी एकदिने बेमौसमी तरकारी खेती तालिम सम्पन्न भएको छ।
जनउत्थानको सामूहिक गीतबाट शुभारम्भ गरिएको कार्यक्रम शाखा सञ्चालन अधिकृत ईश्वरी गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो भने भरतपुर महानगरपालिका–२९ का वडा सदस्य डिलकुमार श्रेष्ठ प्रमुख अतिथि रहेका थिए।
५३ जनाको सक्रिय सहभागिता रहेको तालिममा प्रशिक्षक शंकरप्रसाद गैरेले बेमौसमी तरकारी खेती गर्ने तरिका, आवश्यक सामग्री, बजारको अवस्था, रोग तथा कीराको व्यवस्थापन, रोकथामका उपाय तथा उत्पादनदेखि बजारीकरणसम्मका विषयमा अडियो, भिडियो, फोटो तथा लिखित सामग्रीमार्फत विस्तृत जानकारी दिएका थिए।
कार्यक्रममा मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि श्रेष्ठले आफ्नो वडामा पहिलोपटक यस्तो प्रकारको तालिम सञ्चालन भएको उल्लेख गर्दै यसले विशेषगरी महिला दिदीबहिनीहरूलाई स्वरोजगार तथा व्यावसायिक कृषितर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरे। उनले यस्ता उपयोगी कार्यक्रम सञ्चालन गरेकोमा आयोजक संस्थाप्रति धन्यवाद ज्ञापन गरे।
समापन समारोहमा अध्यक्ष ईश्वरी गौतमले संस्थाले प्रदान गर्दै आएका सेवा–सुविधा, सीपमूलक तथा आयआर्जनमूलक तालिम, संस्थाका नीति–नियम तथा कार्यप्रणालीबारे जानकारी गराउँदै तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गरे। उनले उपस्थित सबैप्रति धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए।
कार्यक्रमको सञ्चालन शाखाका कर्मचारी काग्रेस धोवीले गरेका थिए।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *