Advertisement
Advertisement
Advertisement

आधारभूत विद्यालय रानागाउँका ६० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

Advertisement

राष्ट्रिय युवा संघ दाङका जिल्ला अध्यक्ष तथा युवा समाजसेवी विवेक योगी ले आधारभूत विद्यालय रानागाउँका ६० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन्।

बालबालिकाको भविष्य उज्ज्वल बनाउने उद्देश्यका साथ योगीले आफ्नो व्यक्तिगत खर्च कटौती गरी आज आयोजित एक औपचारिक कार्यक्रमबीच विद्यार्थीहरूलाई कापी, कलम, तथा झोला लगायत अन्य अति आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा बोल्दै योगीले शिक्षा नै समाज परिवर्तनको मुख्य आधार भएको उल्लेख गर्दै आर्थिक अभावका कारण कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नहुने बताए। उनले विद्यार्थीहरूलाई नियमित अध्ययन, अनुशासन र सकारात्मक सोचका साथ आफ्नो लक्ष्य प्राप्तिका लागि मेहनत गर्न आग्रह गरेका छन ।
उनले समाजका सक्षम व्यक्ति तथा विभिन्न संघसंस्थाहरूले पनि शिक्षाको क्षेत्रमा सहयोग गर्नुपर्ने आवश्यकता औंल्याउँदै यस्ता सामाजिक कार्यलाई आगामी दिनमा समेत निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

विद्यालय परिवारले युवा समाजसेवी विवेक योगीको सहयोगप्रति आभार व्यक्त गर्दै यस प्रकारको सहयोगले विद्यार्थीहरूमा अध्ययनप्रति थप उत्साह र हौसला प्रदान गरेको जनाएको छ।

स्थानीय समुदायले समेत योगीको यस मानवीय तथा प्रेरणादायी कार्यको प्रशंसा गर्दै शिक्षाको विकासमा यस्ता पहलहरू महत्वपूर्ण हुने बताएका छन्।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *