दाङको तुलसीपुर–६ स्थित डिभाइन टेम्पल एकेडेमीले एसईई २०८२ मा सफल विद्यार्थीहरूलाई सम्मान तथा बधाई ज्ञापन गरेको छ । विद्यालयद्वारा आयोजित सम्मान तथा बधाई ज्ञापन कार्यक्रम शनिबार तुलसीपुर स्थित मट्का रेष्ट्रो एण्ड पार्टी प्यालेसमा भव्य रूपमा सम्पन्न भएको हो । एसईई परीक्षामा सहभागी जम्मा ३७ जना विद्यार्थीहरु उत्कृष्ट अङ्कका साथ उत्तीर्ण भएका हुन् । कार्यक्रममा उत्तीर्ण सम्पूर्ण विद्यार्थी तथा उनीहरूका अभिभावकलाई खादा तथा माला ओडाएर सम्मान गरिएको थियो ।