दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ स्थित श्री मेरीगोल्ड इङ्लिस बोर्डिङ स्कुलले विद्यालयको क्रियटिभ ग्रुप तथा क्याप्टेन छान्न निर्वाचन आयोजना गरेको छ । कक्षा ५ देखि १० सम्मका ५७३ जना विद्यार्थी मध्ये निर्वाचान मार्फत ११ जना विद्यार्थी विभिन्न नेतृत्वदायी भूमिकामा निर्वाचित भएका छन् ।
विद्यालयले बालबालिकाको नेतृत्व विकासका लागि विभिन्न विभिन्न सदन विभाजन, क्लब विभाजन तथा कक्षाकोठाभित्र विद्यार्थीले निर्वाह गर्नुपर्ने विभिन्न भूमिकाका आधारमा नेतृत्व विकास गर्ने अवसर प्रदान गर्ने लक्ष्य लिएको छ ।
विभिन्न कक्षाका क्याप्टेन पदका लागि इच्छुक विद्यार्थीमध्येबाट मतदान गरिएको विद्यालयका प्रधानाध्यापक बासुदेब रिजालले बताउनुभयो । यसो गर्दा विद्यार्थीमा आत्मविस्वास बढ्ने तथा नेतृत्व क्षमताको विकास हुने उहाले बताउनुभयो ।
यति साना उमेरका विद्यार्थीले एक छिन जानकारी दिएकै भरमा चुनावमा सहभागी हुन सक्ने रहेछन भन्ने त मैले सोचेकै थिएन” विद्यार्थीको चुनाव सहजीकरण गरेका मतदान अधिकृत बिष्णु न्यौपानेले बताउनुभयो “ आफूलाई मन परेको उम्मेदवारलाई मत पेटिकामा छाप हालेर भोट दिंदै गर्दा यी विद्यार्थीले भोलि देशमा सही नेता छान्न सक्ने रहेछन भन्ने विस्वास पलाएको छ ।
निर्वाचन बाट मेरिगोल्ड क्रियटिभ ग्रुपको अध्यक्ष , उपाध्यक्ष , सचिव ,सह सचिव , कोषाध्यक्ष , सह कोषाध्यक्ष , सांस्कृतिक संयोजक , खेलकुद संयोजक , साहित्यिक संयोजक , कक्षा छ वाट र कक्षा ७ बाट १-१ सदस्य निर्बाचित भएको बिद्यालयले जनाएको छ ।
निर्वाचित विद्यार्थीलाई खादा र अबीर लगाएर जिम्मेवारी हस्तान्तरण गरिएको विद्यालयका सहायक प्रधानाध्यापक सोमराज बस्नेतले बताउनुभयो ।
विद्यार्थी भाइबहिनीहरुमा नेतृत्व विकास, व्यक्तित्व विकास, क्षमता अभिवृद्धिका साथै प्रजातान्त्रिक अभ्यास गराउदै विजय र पराजयजस्ता कुराहरु बुझाउने र सामाजिक जीवन शैलीलाई मनन गराउने उद्देश्यले विगत लामो समयदेखि निरन्तर रुपमा गराउदै आएको मेरिगोल्ड क्रियटिभ ग्रुपको यस वर्षको नयाँ कार्यसमितिको निर्वाचन जेठ आज जेठ ८ गते गरिएको उहाले बताउनुभयो।
विद्यालयले यससंगै क्रियाकलापमा आधारित सिकाइ क्रियाकलाप, रुपान्तरणमुखी सिकाइ कार्यक्रम लगायत संचालन गर्दै आएको छ ।



