Advertisement
Advertisement
Advertisement

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड हार्थोक, पाल्पाको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

Advertisement

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड हार्थोक, पाल्पाको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।
रिब्दीकोट गाउँपालिका–३, खस्यौलीस्थित सरस्वती माध्यमिक विद्यालयमा कक्षा १०, ११ र १२ का विद्यार्थीलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रममा विद्यार्थीहरूलाई बचतको महत्व, कर्जाको सदुपयोग, आम्दानी तथा खर्च व्यवस्थापन, वित्तीय अनुशासन, डिजिटल वित्तीय सेवा, सुरक्षित वित्तीय कारोबार तथा वित्तीय ठगीबाट बच्ने उपायलगायतका विषयमा जानकारी प्रदान गरिएको थियो।
कार्यक्रमको सहजीकरण तथा प्रस्तुतीकरण शाखा सञ्चालन अधिकृत दिनेश नेपालीले गर्नुभएको थियो। उहाँले विद्यार्थीहरूलाई वित्तीय साक्षरताका विभिन्न पक्षबारे सरल तथा व्यवहारिक उदाहरणसहित जानकारी गराउँदै बचत गर्ने बानी, आवश्यकताअनुसार कर्जाको उपयोग, आम्दानी–खर्चको उचित व्यवस्थापन र डिजिटल वित्तीय सेवाको सुरक्षित प्रयोगमा जोड दिनुभएको थियो।
शाखा सञ्चालन अधिकृत नेपालीले वित्तीय साक्षरता केवल बैंक तथा वित्तीय संस्थासँगको कारोबारमा मात्र सीमित नभई दैनिक जीवनमा गरिने आर्थिक निर्णय, बचत, खर्च तथा भविष्यको आर्थिक योजनासँग प्रत्यक्ष जोडिएको विषय भएको बताउनुभयो। विद्यार्थी अवस्थादेखि नै वित्तीय ज्ञान र व्यवहारिक सीपको विकास गर्न सके भविष्यमा आर्थिक रूपमा सक्षम तथा जिम्मेवार नागरिक बन्न सहयोग पुग्ने उहाँको भनाइ थियो।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *