Advertisement
Advertisement
Advertisement

पलाउ रेष्टुरेन्टका कर्मचारी द्वारा प्रधानमन्त्री उद्धार कोषमा सहयोग

Advertisement

दाङको तुल्सीपुरस्थित पलाउ रेस्टुरेन्टका कर्मचारीहरूले रसुवा लगायतका जिल्लामा बाढी र पहिरोबाट प्रभावित भएका नागरिकको राहत तथा उद्धारका लागि आर्थिक सहयोग गरेका छन्। रेष्टुरेन्टमा कार्यरत कर्मचारीहरूले सहयोग गर्ने भावनाका साथ रकम सङ्कलन गरी प्रधानमन्त्री उद्धार कोषमा अनलाइन मार्फत रकम सहयोग गरेका हुन्।
रेष्टुरेन्टका कर्मचारीहरू प्रेम बस्नेत, दिलीप खत्री, अपार चौधरी, ओम बिष्ट, हिमाल के.सी, रोशन के.सी, अरुण नरसिंह राणा, सुक्राम बि.के, सिर्जना चौधरी, टिना के.सी, अस्मिता कुँवर, निर्मला खड्का, निर्मला चौधरी, झरना केसी र राधिका वली ले आर्थिक सङ्कलन गरी रु १० हजार रुपैयाँ प्रधानमन्त्री उद्धारकोषमा सहयोग गरेको पलाउ रेष्टुरेन्टका म्यानेजर प्रेम बस्नेतले जानकारी दिएका छन । बस्नेतले भने “देश अप्ठ्यारोमा परेको बेला, विपत्तिमा परेको बेला हामी सबैले सक्दो सहयोग गर्नुपर्छ भन्ने मनाशयले आर्थिक सहयोग गरेका छौं, तपाईहरु पनि सक्दो सहयोग गर्नुहोला ।”

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *