Advertisement
Advertisement
Advertisement

काङ्ग्रेसको प्रदेश प्रतिनिधिमा चिरञ्जीवी पौडेलको उम्मेदवारी

Advertisement

नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर ३ क को प्रदेश प्रतिनिधिमा चिरञ्जीवी पौडेलले उम्मेदवारी दिएका छन्।
तुलसीपुर उपमहानगरपालिका–७ का स्थायी बासिन्दा पौडेल लामो समयदेखि ट्रान्सपोर्ट तथा ढुवानी व्यवसायमा संलग्न रहँदै आएका छन्। उनी ढुवानी व्यवसायी नेपालको केन्द्रीय सदस्य तथा राप्ती अञ्चल ढुवानी व्यवसायी संघका सचिवसमेत हुन्।
व्यवसायिक क्षेत्रमा लामो अनुभव संगालेका पौडेलले पार्टी संगठनलाई थप सुदृढ बनाउने, कार्यकर्ताबीच आपसी एकता र सहकार्य बढाउने तथा पार्टीलाई जनतासँग अझ नजिक जोड्ने उद्देश्यसहित प्रदेश प्रतिनिधिमा उम्मेदवारी दिएको बताउनुभयो । ।नेपाली कांग्रेसलाई थप व्यवस्थित, गतिशील र जनउत्तरदायी बनाउन आफूले भूमिका खेल्ने लक्ष्यसहित उम्मेदवारी दिएको उहाले बताउनुभयो ।
व्यवसायिक अनुभव र सामाजिक क्षेत्रमा हासिल गरेको अनुभवलाई पार्टी संगठनको हितमा उपयोग गर्दै पार्टीको नीति, विचार र सिद्धान्तलाई जनस्तरसम्म पुर्‍याउन सक्रिय रहने उहाँको भनाइ छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *