Advertisement
Advertisement
Advertisement

दिव्य कुञ्ज स्काउट दलको तीनदिने आवासीय क्याम्पको उद्घाटन

Advertisement

दिव्य कुञ्ज एकेडेमी, तुलसीपुर–७, दाङअन्तर्गत सञ्चालित दिव्य कुञ्ज स्काउट दलको आयोजनामा तीनदिने आवासीय स्काउट क्याम्प (Closed Camp) सुरु भएको छ। कात्तिक १३ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने उक्त क्याम्पको आज एक विशेष समारोहबीच उद्घाटन गरिएको हो।

दिव्य कुन स्काउट दलका संरक्षक तथा बिद्यालयका प्रिन्सिपल कुलानन्द अधिकारीको अध्यक्षतामा संचालित सो कार्यक्रमको उद्घाटन तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ का वडाध्यक्षको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाल स्काउट राष्ट्रिय परिषद्का सदस्य नवीन पराजुली तथा दिव्य कुञ्ज एकेडेमी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर भण्डारीको विशिष्ट आतिथ्यता रहेको थियो।

क्याम्पमा कुल ४६ जना स्काउटरहरूको सहभागिता रहेको छ। क्याम्पले विद्यार्थीहरूमा अनुशासन, आत्मनिर्भरता, नेतृत्व क्षमता, सामूहिक भावना, सहयोग, सेवाभाव तथा विपद् व्यवस्थापनसम्बन्धी व्यावहारिक सीपको विकास गर्ने अपेक्षा गरिएको छ।

तीन दिनसम्म सञ्चालन हुने क्याम्पमा स्काउटसम्बन्धी विभिन्न सीपमूलक, सिर्जनात्मक, मनोरञ्जनात्मक तथा साहसिक गतिविधिहरू सञ्चालन गरिनेछन्। साथै, सामूहिक जीवनशैली, जिम्मेवारीबोध र सामाजिक सेवाको भावनालाई व्यवहारमा उतार्ने अवसरसमेत प्रदान गरिनेछ।

विद्यालयले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि पठनपाठनसँगै यस्ता अतिरिक्त तथा अनुभवमा आधारित गतिविधिहरूलाई विशेष प्राथमिकता दिँदै आएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *