दाङको तुलसीपुर उपमहानगरपालिका–१९ मा दशैँको अवसरमा दशैँ विशेष खेलकुद कार्यक्रम सञ्चालन हुने भएको छ। तुलसीपुर–१९ युवा समूहको आयोजनामा असोज २८ र २९ गते विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन हुन लागेको हो।
कार्यक्रममा पुरुष भलिबल, पुरुष रस्साकस्सी, महिला रस्साकस्सी, पुरुष घैँटाफोर र महिला घैँटाफोर प्रतियोगिता सञ्चालन गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा २० वर्षमुनिका महिलाहरूको कबड्डी प्रतियोगिता पनि समावेश गरिएको छ।
स्थानीयस्तरमा खेलकुदको विकास गर्ने, प्रतिभावान् खेलाडीको पहिचान तथा प्रोत्साहन गर्ने र युवालाई सकारात्मक गतिविधिमा सहभागी गराउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।
कार्यक्रमको उद्घाटन असोज २८ गते बिहान १० बजे तुलसीपुर–१९ स्थित हाडिमे प्लटिङमा हुने आयोजकले जनाएको छ। आयोजकले वडा नम्बर १९ का बासिन्दा, खेलप्रेमी युवा, बुद्धिजीवी, समाजसेवी तथा सरोकारवालालाई कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ।
तुलसीपुर -१९ मा दशैँको अवसरमा दशैँ विशेष खेलकुद कार्यक्रम सञ्चालन हुने



