एनआईसी एसिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजनाअन्तर्गत दाङको राजपुर गाउँपालिका–४ निवासी नवीन योगीलाई घातक रोग बीमाबापत १० लाख रुपैयाँ उपलब्ध गराएको छ।
राजपुर गाउँपालिका–४ घर भएका योगीले एनआईसी एसिया बैंकको राजपुर गाउँपालिका शाखा कार्यालय, जङ्ग्रहवामा सर्वश्रेष्ठ बचत खाता खोलेका थिए। उक्त खातामा उपलब्ध घातक रोग बीमा सुविधाअन्तर्गत बैंकले उनलाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो।
सर्वश्रेष्ठ बचत खाता योजनाअन्तर्गत प्रदान गरिने उक्त बीमा सुविधा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्ससँगको सहकार्यमा उपलब्ध गराइएको बैंकले जनाएको छ।



