एनआईसी एशिया बैंकले घातक रोग बीमा (क्रिटिकल इलनेस इन्स्योरेन्स) वापत राजपुर गाउँपालिका–६, गंगदीका उमेश कुमार चौधरीलाई १० लाख रुपैयाँ उपलब्ध गराएको छ ।
बैंकको ‘सर्वश्रेष्ठ बचत खाता’ योजना अन्तर्गत खाता खोलेका चौधरीलाई घातक रोग बीमा सुविधाबापत १० लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको हो ।
राजपुर गाउँपालिका शाखा कार्यालय जंग्रहवामार्फत चौधरीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।
सर्वश्रेष्ठ बचत खाता योजनाअन्तर्गत उपलब्ध गराइएको उक्त बीमा सुविधा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्ससँगको सहकार्यमा प्रदान गरिएको हो ।



