Advertisement
Advertisement
Advertisement

हापुरेमा आगलागीबाट क्षति भएका दुई पसललाई ७२ हजार रुपैयाँ सहयोग

Advertisement

दाङको बबई गाउँपालिका–हापुरे बजारमा आगलागीबाट क्षति भएका दुई पसलका सञ्चालकलाई राप्ती परोपकार संघ, नेपालले ७२ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।

हिजो राति करिब ८:३० बजे हापुरे बजारस्थित सारिका शृङ्गार एन्ड गिफ्ट पसलमा आगलागी हुँदा सँगै जोडिएको ओम गंगा किसान पसलमा समेत क्षति पुगेको थियो।

आगलागीबाट प्रभावित व्यवसायीलाई राहत पुर्‍याउने उद्देश्यले संघका पदाधिकारी, सदस्य तथा अन्य सामाजिक व्यक्तिहरूबाट रकम संकलन गरी हस्तान्तरण गरिएको हो। संकलित रकममध्ये सारिका शृङ्गार एन्ड गिफ्ट पसललाई ५१ हजार रुपैयाँ र ओम गंगा किसान पसललाई २१ हजार रुपैयाँ प्रदान गरिएको संघले जनाएको छ।

संघका संरक्षक सुरेश हमालले ११ हजार, अध्यक्ष सञ्जयकुमार पराजुलीले ५ हजार १००, उपाध्यक्ष गोरखबहादुर ओलीले ५ हजार १०५, कोषाध्यक्ष क्षेत्रबहादुर भण्डारीले ५ हजार १०० र सचिव राघव देवकोटाले २ हजार ५०० रुपैयाँ सहयोग गरेका छन्।

त्यस्तै, सन्तोष चौधरीले ५ हजार, जितेन्द्र ओलीले ५ हजार १००, ओहित सिद्दिकीले १० हजार, प्रमोद सोनीले ५ हजार १००, गणेश भण्डारी र पुर्न चौधरीले जनही २ हजार ५०५, कमल डाँगीले ५ हजार, वीरेन्द्रकुमार शाहले ५ हजार ५०० र अर्जुन भट्टराईले २ हजार ५०० रुपैयाँ सहयोग गरेका छन्।

आगलागीबाट व्यवसायमा क्षति व्यहोरेका व्यवसायीलाई केही राहत पुगोस् र पुनः व्यवसाय सञ्चालन गर्न सहज होस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको राप्ती परोपकार संघ, नेपालले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *