तुलसीपुरमा रहेको सहयोगी बचत तथा ऋण सहकारी संस्थाको १६ औ साधारणसभा सम्पन्न भएको छ । तुलसीपुर स्थित बिएसएस पार्टी प्यालेसमा आज एक भब्य कार्यक्रमको आयोजना गरि साधरणसभा सम्पन्न भएको हो ।
सहयोगी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष डिलाराम बिस्टको अध्यक्षता कार्यक्रम भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष डिलाराम बिस्टले सहकारी अभियानले छरिएर रहेका पुँजी, श्रम र सीपलाई एकीकृत गर्दै मुलुकको गरिवी न्युनीकरण र समग्र आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो । उहाँले सहयोगी सहकारिले दुख , सुखमा आफ्ना बचतकर्ताहरुका लागि समर्पित भएर काम गरेको उल्लेख गर्नुभयो ।।
संस्थाका सचिव दुर्गा प्रसाद शर्माले सहकारी संस्थाको प्रतिवेदन पेश गर्दै छरिएर रहेको पुँजीलाई एकत्रित गर्दै सदस्यहरूलाई उत्पादनशील र व्यवसायिक बनाउन संस्थाले सहयोग गर्दै आएको जिकिर गर्नुभयो ।
त्यस्तै, सहकारी संस्थाको आर्थिक प्रतिवेदन पेश गर्दै कोषाध्यक्ष पहल बहादुर रोकाहाले सहकारी अझै पनि आर्थिक रूपले अगाडि बढ्न सक्ने र सदस्यहरूको आर्थिक समृद्धिका लागि सहयोग गर्न सक्ने प्रशस्त स्थान रहेको बताउनुभयो । सभामा कोषाध्यक्ष रोकाहाले आ.व. २०८२/८३ को आर्थिक प्रतिवेदन र २०८३/०८४ को प्रस्तावित बजेट समेत प्रस्तुत गर्नुभएको थियो ।
संस्थाका उपाध्यक्ष लालबहादुर के सी ले स्वागत मन्तव्य राख्दै सहकारिताको भावना ,मुल्य मान्यता ,अनुरुप सामाजिक हितका लागि अनवरतरुपमा लागि परेको बताउदै सहकारीको माध्यमबाट उपलब्ध स्रोत र साधनको उच्चतम प्रयोग गर्दे सदस्यहरुको आर्थिक तथा सामाजिक बिकासमा टेवा पुराउदै आएको बताउनुभयो ।
सहकारीका पुर्ब अध्यक्षहरु रुपबहादुर खत्री, र कर्णबहादुर ओलि लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
साधारणसभाबाट जेष्ठ शेयर सदस्य , असल बचतकर्ता , असल ऋणि , उत्कृष्ट बाल बचत , धेरै संरक्षित पुजि फिर्ता कोष प्राप्त , र छात्रवृत्ति पुरस्कार प्रदान गर्नुका साथै नया सदस्यहरुलाइ स्वागत गरिएको थियो ।
शेयर सदस्यहरुका लागि गोलाप्रथा बाट बम्पर उपहार समेत प्रदान गरिएको थियो ।
कार्यक्रममा संस्थाका सल्लाहकारहरु , पुर्ब अध्यक्ष तथा पदाधिकारीहरु , संचालक समितीका सदस्यहरु , पत्रकार , बुद्दिजिबी , शेयर सदस्यहरु लगाएत सर्बसाधारणको उपस्थित रहेको थियो भने कार्यक्रमको सहजीकरण संस्थाका सचिब दुर्गा प्रसाद शर्माले गर्नुभएको थियो ।



