दाङको तुलसीपुर उपमहानगरपालिका–७ स्थित मेरिगोल्ड बोर्डिङ स्कुलमा आयोजित ‘मेरिगोल्ड सिंगिङ आइडल सिजन–३’ को उपाधि योजना रिजाल र आयुष्मा सुनारले जितेका छन्।
विद्यार्थीमा रहेको अन्तर्निहित प्रतिभा उजागर गर्ने उद्देश्यले विद्यालयले विगत तीन वर्षदेखि निरन्तर गायन प्रतियोगिता आयोजना गर्दै आएको छ।
प्रतियोगिताअन्तर्गत जुनियर समूहमा कक्षा १ की आयुष्मा सुनार प्रथम हुँदै नगद २ हजार ५०० रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरिन्। कक्षा २ की सुरक्षा ओली दोस्रो हुँदै नगद २ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्दा ऋतु लामिछाने तेस्रो हुँदै नगद १ हजार ५०० रुपैयाँ र प्रमाणपत्र प्राप्त गरिन्।
त्यसैगरी सिनियर समूहमा योजना रिजाल प्रथम हुँदै नगद २ हजार ५०० रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गरिन्। यमुना रावल दोस्रो हुँदै नगद २ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्दा चिरायु पराजुली तेस्रो हुँदै नगद १ हजार ५०० रुपैयाँ र प्रमाणपत्र प्राप्त गरिन्।
विद्यालयले विद्यार्थीको गायन प्रतिभा प्रस्फुटन गर्ने तथा उनीहरूमा रहेको कला र क्षमतालाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्दै आएको छ।



