Advertisement
Advertisement
Advertisement

आठबिसकोटको दमाचौरमा जिप दुर्घटना हुँदा पाँच जना घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको आठविसकोट नगरपालिका ६ दामाचौरमा यात्रुवहाक जिप दुर्घटना हुदा दुर्घटनामा परेर पाँच जना घाईते भएका छन ।
आज डोल्पाको त्रिपुराकोट देखि रुकुम पश्चिमको आठविसकोटतर्फ आउँदै गरेको भे १ ज ६०८ नम्वरको मुस्ताङ जिप दामाचौरमा दुर्घटना भएको हो ।
जिपमा सवार अन्य आठ जना भने सकुशल रहेको बत
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले १३ जना यात्रु सवार रहेकोमा पाँच जना घाईते भएको बताउनुभयो ।
घाईते हुनेहरुमा जाजरकोटको नलगाड नगरपालिका ८ की शुसिला तामाङ, सोही ठाँउकी बिमला थकाली र गौरी थकाली, खोटाङको दिक्तेल नगरपालिका १ बस्ने तरीन्द्र प्रासद आचार्य र सल्यानको शारदा नगरपालिका ८ बस्ने जगत बहादुर बिष्ट रहेका छन् ।
घाईतेहरुलाई उपचारको लागि आठविसकोट नगर अस्पताल ल्याईएको प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो ।आठ जिप अनियन्त्रित भई सडकमै पल्टिएको थियो ।
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *