Advertisement
Advertisement
Advertisement

ज्ञानज्योतीको एसइइमा उत्कृष्ट नतिजा , ४२ जनाको ३.६ जिपिए भन्दा धेरै

Advertisement

राजेश गौतम , तुल्सिपुर

दाङको तुल्सिपुरमा रहेको ज्ञानज्योती माध्यमिक बिद्यालयले कक्षा १० को एसइइ परिक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।
आज राष्ट्रिय परिक्षा बोर्डले शार्बजनिक गरेको नतिजा अनुसार ज्ञानज्योतिका ४२ जना विद्यार्थीहरुले ३.६ जिपिए भन्दा धेरै  र ११ जनाले ३.२ देखि ३.६ जिपिए ल्याएर उत्तीर्ण भएका छन । बिद्यालयकी छात्रा जेनिशा सुबेदीले ४ जिपिए सहित उत्कृष्ट नतिजा ल्याएको विद्यालयका साहायक प्रधानाध्यापक मनोज के सि ले बताउनुभयो ।
ज्ञान्ज्योती माध्यमिक विद्यालय साबिकको मध्यपश्चिम तथा लुम्बिनी प्रदेशकै उत्कृष्ट बिद्यालयमा पर्छ । यस बिद्यालयमा दाङ सङ्गै रुकुम , रोल्पा , सल्यान , प्युठान लगायतका छिमेकी जिल्लाबाट पनि पढ्न आउने गरेको विद्यालयाका प्रधानाध्यापक सुरेन्द्र जि सि ले बताउनुभयो ।
केही दिन अघिमात्रै एजुकेशन समाचारले देशभरका विद्यालयमा सर्वेक्षण गरेको थियो । जसमा देशभरका ८ हजार भन्दा बढि मा बि विद्यालयमा उत्कृष्ट विद्यालय मध्येमा ज्ञान ज्योति १० औं स्थानमा परेको थियो । एजुकेशन समाचार काठमाडौंले भौतिक पुर्वाधार, अतिरिक्त क्रियाकलाप, शैक्षिक उपलब्धि, स्थापना वर्ष, नतिजा र पिपुल्स पर्सेप्सन लगायतका विषयलाई आधार बनाएर छनौट गरेको थियो ।
विद्यार्थी संख्याअनुसार नै पर्याप्त भौतिक संरचना थप, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन, अतिरिक्त कक्षा सञ्चालनलगायता कारणले नै उत्कृष्ट नतिजा ज्ञान ज्योतिकै पक्षमा आइरहेको ज्ञान ज्योतिका शैक्षिक संयोजक शरद गौतमले बताउनुभयो
ज्ञानज्योतिमा कक्षा ११ र १२ मा हाल विज्ञान, व्यवस्थापन, मानविकी, कानून र शिक्षा संकायमा पढाइ हुँदै आइरहेको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *