Advertisement
Advertisement
Advertisement

एसईईको ग्रेडवृद्धि परीक्षा साउन २६ र २७ गते हुने

Advertisement
माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक ( ग्रेडवृद्धि ) परीक्षा साउन २६ र २७ गते हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एक सूचना जारी गर्दै पूरक परीक्षाको मिति तय गरेको हो।
अन्तिम ग्रेड सी वा सी भन्दा कम प्राप्त गरेका विद्यार्थीले पूरक परीक्षा दिन पाउने छन्। बढीमा दुई विषयसम्म अनुपस्थित रहेका परीक्षार्थीले पनि पूरक परीक्षा दिने पाउने बोर्डले जनाएको छ।
ग्रेडवृद्धिका लागि साउन २१ गतेभित्र फारम भरेर विद्यालयबाट शिक्षा विकास तथा समन्वय ईकाइमा पेस गर्नुपर्नेछ।
परीक्षा रद्द भएका परीक्षार्थीले पूरक परीक्षा दिन पाउने छैनन्। एक विषयको मात्र पूरक परीक्षा दिनुपर्ने विद्यार्थीले पहिलो दिन परीक्षा दिनुपर्नेछ।
गत चैत १७ गतेदेखि सञ्चालन गरिएको एसईईको नतिजा असार २१ गते सार्वजनिक गरिएको थियो। जसमा २२ हजार ४७५ विद्यार्थीले ए प्लस ग्रेड ल्याएका थिए।
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *