Advertisement
Advertisement
Advertisement

कक्षा ११ मा छात्रवृत्तिका लागि काठमाडौं महानगरले खुलायो आवेदन

Advertisement

काठमाडौं महानगरपालिकाले संस्थागत शिक्षण संस्थामा कक्षा ११ मा भर्ना भई छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीलाई आवेदन दिन आग्रह गरेको छ।

महानगरअन्तर्गतको शिक्षा विभागले शनिबार सूचना प्रकाशन गरी छात्रवृत्ति प्रदान गर्नका लागि परीक्षा सञ्चालनको सबै तयारी पूरा भएको जनाएको छ।

विभागले यही असार २८ गते बिहान १० बजेदेखि साउन १२ गते बेलुकी ५ बजेसम्म अनलाइन आवेदन दिन विद्यार्थीहरूलाई आग्रह गरेको छ।

परीक्षा साउन २० गते  बिहान ११ बजे सञ्चालन हुनेछ। परीक्षामा माध्यमिक तहको पाठ्यक्रममा आधारित १०० वटा बहुवैकल्पिक वस्तुगत प्रश्न सोधिनेछ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *