Advertisement
Advertisement
Advertisement

एसईईमा १.६ जीपीए ल्याएका विद्यार्थीले कक्षा ११ मा भर्ना हुन पाउने

Advertisement

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा १.६ जीपीए ल्याएका विद्यार्थीलाई कक्षा ११ मा भर्ना गर्न अनुरोध गरेको छ । बोर्डको प्रदेश परीक्षा व्यवस्थापन कार्यालय बागमती प्रदेशले एसईईमा १.६ जीपीए ल्याएका विद्यार्थीलाई कक्षा ११ मा भर्ना गर्न अनुरोध गरेको हो ।

कार्यालय प्रमुख जयन्ती सत्यालले सबै माध्यमिक विद्यालय तथा क्याम्पसहरूलाई परिपत्र गर्दै १.६ जीपीए ल्याएको विद्यार्थी कक्षा ११ मा भर्ना हुनको लागि योग्य मानिने बताए ।

राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को २०७९/०५/१९ को बैठकबाट माध्यमिक तह कक्षा १० अध्ययन पुरा गरी कक्षा ११ मा अध्ययन गर्न एसईईमा न्यूनमत औसत ग्रेड प्लाइन्ट १.६ प्राप्त गरेको विद्यार्थीहरू योग्य मानिने निर्णय गरेको थियो । कार्यालयले सोही आधारमा कक्षा ११ मा भर्ना गर्न सबैमा अनुरोध गरेको हो ।

एसईईमा १.६ जीपीए ल्याएका विद्यार्थीले कुन कुन विषय पढ्न पाउने भन्ने विषयमा बोर्डले यसअघि नै मापदण्ड तयार पारेको थियो । सोही आधारका विषय मात्र पढ्न पाउने बोर्डले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *