रुकुम पश्चिम ।
भारतमा पहिरोमा परेर रुकुम पश्चिमका एकै घरका तीन जनाको मृत्यु भएको छ।
रूकुम पश्चिमको त्रिवेणी गाउँपालिका-९ खहरेका ५० वर्षीय देबहादुर वली, उनकी ४८ वर्षीया श्रीमती भिमा वली र १६ वर्षीय कान्छो छोरा मोहन वलीको सोमबार बिहान मृत्यु भएको आफन्तले बताए । भारतको हिमाञ्चल प्रदेश, सिम्ला जिल्लाको क्यारामा गएको पहिरोमा पुरीएर उनीहरुको मृत्यु भएको हो।
भिमाका जेठा छोरा पनि उनीहरूसँगै बस्ने गरेका थिए तर पहिरो आएको बेलामा बाहिर भएकाले उनी जोगिएका छन ।
त्यो ठाउमा विगत तीन-चार दिनदेखि अविरल वर्षा भइरहेको र उनीहरू कोठाभित्रै रहेको बेलामा पहिरो खसेको बताइएको छ ।





