Advertisement
Advertisement
Advertisement

एसइईमा उत्कृष्ट नतिजा ल्याएको ज्ञानज्योती सम्मानित

Advertisement
दाङको तुल्सिपुरमा रहेको ज्ञानज्योती स्कुल सम्मानित भएको छ । २०७९ सालको एसइइ परिक्षामा उत्कृष्ट नतिजा ४.० जिपिए ल्याउन सफल भएको भन्दै नेशनल प्यबसन लुम्बिनी प्रदेशले एक कार्यक्रमका बिच बिद्यालय र बिद्यार्थीलाई  सम्मान गरेको हो ।
ज्ञानज्योती स्कुलबाट छात्रा जेनिशा सुबेदीले एसइइमा ४.० जिपिए ल्याएकी थिइन । उनी दाङ जिल्लाकै उत्कृष्ट मध्य एक भएको बिद्यालयले जानकारी दिएको छ । नेशनल प्यबसन लुम्बिनी प्रदेशले ज्ञानज्योती सहित अन्य उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थी र विद्यालयलाइ पनि सम्मान गरेको छ ।
ज्ञानज्योतीको तर्फबाट ज्ञानज्योतिका शैक्षिक संयोजक शरद गौतमले सम्मान ग्रहण गर्नुभएको थियो । विद्यार्थी संख्याअनुसार नै पर्याप्त भौतिक संरचना थप, दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन, अतिरिक्त कक्षा सञ्चालनलगायता कारणले नै उत्कृष्ट नतिजा ज्ञान ज्योतिकै पक्षमा आइरहेको शैक्षिक संयोजक गौतमले बताउनुभयो।
केही दिन अघिमात्रै एजुकेशन समाचारले देशभरका विद्यालयमा सर्वेक्षण गरेको थियो । जसमा देशभरका ८ हजार भन्दा बढि मा बि विद्यालयमा उत्कृष्ट विद्यालय मध्येमा ज्ञान ज्योति १० औं स्थानमा परेको थियो । एजुकेशन समाचार काठमाडौंले भौतिक पुर्वाधार, अतिरिक्त क्रियाकलाप, शैक्षिक उपलब्धि, स्थापना वर्ष, नतिजा र पिपुल्स पर्सेप्सन लगायतका विषयलाई आधार बनाएर छनौट गरेको थियो ।
ज्ञानज्योतिमा कक्षा ११ र १२ मा हाल विज्ञान, व्यवस्थापन, मानविकी, कानून र शिक्षा संकायमा पढाइ हुँदै आइरहेको छ ।।
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *