पश्चिम दाङको शान्तिनगरमा सर्पको टोकाइबाट एक जनाको मृत्युको
तीखो सन्चार
पश्चिम दाङमा सर्पको टोकाइबाट एक जनाको मृत्युको भएको छ । आज बिहान सर्पको टोकाइबाट सल्यान बागचौर नगरपालिका–४ पेदीखोला घर भई हाल शान्तिनगर गाउँपालिका ७ मामाघरमा आएका १६ वर्षिय मनोज वलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । घरमा सुतिरहेको अवस्थामा सर्पले टोकेको थियो ।
उनलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याएको थियो । उनको राप्ती प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरिएको भएपनि ती किशोरको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस अघि गएको शुक्रवार पनि शान्तिनगर गाउँपालिका ३ बस्तीखोला निवासी दल बहादुर घर्तीको सर्पको टोकाईबाट मृत्यु भएको थियो ।