Advertisement
दाङको तुल्सिपुरमा रहेको ज्ञानज्योती कलेजले कक्षा ११मा भर्ना भएका बिद्यार्थीहरुलाई अभिमुखिकरण कार्यक्रम गरी स्वागत गरेको छ । कलेजमा बिज्ञान संकायका नयाँ बिद्यार्थीहरुका लागि अभिमुखिकरण कार्यक्रम गरिएको हो ।
कार्यक्रममा नयाँ बिद्यार्थीहरुलाई कलेजको वारेमा जानकारी गराउँदै औपचारिक रुपमा स्वागत गरिएको ज्ञानज्योती कलेजका प्रमुख सुरेन्द्र जि सीले जानकारी दिनुभयो । प्रमुख जि सी ले अहिलेसम्म ज्ञानज्योतिले हरेक बिधामा उत्कृष्ट हासिल गरेको र नया आगन्तुक विद्यार्थीहरुले पनि त्यो लयलाइ कायम राखिरहनेमा आफू बिस्वस्थ रहेको बताउनुभयो ।
अभिमुखिकरण कार्यक्रममा मोटिभेस्नल स्पिकर रबिन्द्र बस्नेतले नया आगन्तुक बिद्यार्थीहरुलाइ मोटिभेसन दिनुभएको थियो ।
त्यस्तै अङ्ग्रेजी बिषयका शिक्षक पुर्ण बहादुर बस्नेत , गणितका प्रशुराम चौधरी ,बायोलोजिका रोशन सेन्चुरी ,फिजिक्सका होमराज देबकोटा र नेपाली बिषयको रिता जि सी लगाएतले आ-आफ्नो बिषयको बारेमा विद्यार्थीहरुलाइ प्रस्ट पारेका थिए ।
विद्यार्थी संख्याअनुसार नै पर्याप्त भौतिक संरचना थप, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन, अतिरिक्त कक्षा सञ्चालनलगायता कारणले नै उत्कृष्ट नतिजा ज्ञान ज्योतिकै पक्षमा आइरहेको र आउने दिनमा नया विद्यार्थीहरुबाट पनि त्यो उत्कृष्ट नतिजाको अपेक्षा गरेको ज्ञान ज्योतिका शैक्षिक संयोजक शरद गौतमले बताउनुभयो।
आज बिज्ञान संकायका विद्यार्थीहरुलाई मात्रै अभिमुखिकरण कार्यक्रम गरिएको छ भने व्यवस्थापन, मानविकी, कानून र शिक्षा संकायका विद्यार्थीहरुलाइ भोलि छुट्टै कार्यक्रमको आयोजना गरिएको विद्यालयले जनाएको छ । अभिमुखिकरण कार्यक्रममा बिद्यार्थीहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए भने सम्पुर्ण कार्यक्रमको सहजीकरण शिक्षक सोमराज बस्नेतले गर्नुभएको थियो ।
केही दिन अघिमात्रै एजुकेशन समाचारले देशभरका विद्यालयमा सर्वेक्षण गरेको थियो । जसमा देशभरका ८ हजार भन्दा बढि मा बि विद्यालयमा उत्कृष्ट विद्यालय मध्येमा ज्ञान ज्योति १० औं स्थानमा परेको थियो ।
ज्ञानज्योतिमा कक्षा ११ र १२ मा हाल विज्ञान, व्यवस्थापन, मानविकी, कानून र शिक्षा संकायमा पढाइ हुँदै आइरहेको छ ।।
Advertisement
Advertisement
Advertisement