Advertisement
Advertisement
Advertisement

कमल बिरही थापाको नयाँ गीत “चिना हरायाको मान्छे” यूट्युबमा

दक्षिण कोरियालाइ बिगत ७ वर्षदेखि आफ्नो कर्मथलो बनाउदै आएका सर्जक तथा गायक कमल बिरही थापाले कठै सुदूरपश्चिम मेरो जन्मथलो रोयाको छ (ईजु) गीतको अपार सफलता पछि ‘इजु भाग २’ को रुपमा “चिना हरायाको मान्छे” एकल स्वरमा रहेको डोट्याली भाषाको गीत आफ्नै यूट्युब च्यानल कमल बिरही थापा मार्फत बजारमा ल्याएका छन् ।
परदेशिको पीडालाई अत्यन्तै मार्मिक र सुन्दर ढङ्गले प्रस्तुत गरिएको उक्त गीत दक्षिण कोरियामा सुटिङ भएको पहिलो डोट्याली भाषाको गीत हो । भिडियोको थुप्रै भागमा नेपाली भुभाग, नेपाली परिवेश देखाउनुपर्ने तर परदेशमा ती सम्पुर्ण कुरा त्यति सजिलो नभएपनी भिडियोमा सकेसम्म नेपालीपन देखाउने प्रयास गरिएको छ । विशेष गरि नवप्रतिभा चन्द्र श्रेष्ठ र अप्सरा मैनालीको मुख्य अभिनय रहेको यो गीतमा प्रेम तामाङ, सुमन तामाङ, बिष्णुप्रसाद गौतम, गणेश बोहरा, राजेश कुमार, सुनिता माझी कोरियन नागरिक यून जोसेफ र दावा आर लामाले सहायक भुमिका निभाएका छन् भने बालकलाकारको रुपमा ३ वर्षे बालिका छुपु डोल्मो तामाङ रहेका छन् । कमल बिरही थापा एक उत्कृष्ट गीतकार, गायक, सङ्गीतकार तथा साहित्यकार पनि हुन् । उनी सबै प्रकारका गीत गाउन सक्ने एक भर्सटाइल कलाकार हुन् । कोरियामा रहेर कोरियन गीत प्रतियोगितामा समेत विभिन्न देशका कलाकारलाई उछिनेर दुई पटक प्रथम र एक पटक द्वितीय स्थान हासिल गरिसकेका छन् ।
यस गीतमा निर्देशक, सम्पादक र छायांकार पनि स्वयं कमल बिरही थापा नै रहेका छन् ।
गीतको भिडियो हेर्न तल दिएको लिङ्कमा क्लिक गर्नुहोस् 👇️https://youtu.be/L0L3nGwc3ig?si=vBc3crh9KZ5TQGrU
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *