साधना पाठशाला तुलसीपुरले “स्पोर्ट्स मिट” कार्यक्रम सुरु गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. – ९ बेलुवा स्थित पाठशालाले विद्यार्थिहरुलाई शिक्षा सँगै खेलकुदमा पनि उत्कृष्ट बनाउने उद्धेश्यले “स्पोर्ट्स मिट” कार्यक्रम संचालण गरेको हो । पाठशालाको प्राङ्गणमा एक औपचारिक कार्यक्रमको आयोजना गरी “स्पोर्ट्स मिट” सुरु गरिएको हो ।
पाठशालाका प्रिन्सिपल हरी प्रसाद भण्डारीको अध्यक्षता तथा नेशनल प्याब्सनका केन्द्रिय उपाध्यक्ष सुबोध कुमार डाँगीको प्रमुख आतिथ्यता एवं नेशनल प्याब्सन दाङका अध्यक्ष भोजराज न्यौपानेको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि डाँगिले शिक्षासँगै खेलकुद पनि मानव जिबनमा अत्यन्तै महत्वपुर्ण भएको बताउनुभयो । साथै उहाँले साधना पाठशाला गुणस्तरिय शिक्षा सँगै खेलकुदमा पनि उत्कृष्ट बन्दै गएको भन्दै प्रशंशा गर्नुभयो ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि न्यौपानेले निजि तथा आवासिय विद्यालयले शिक्षा सँगै खेलकुदलाई पनि त्यत्तिकै महत्वका साथ अघि बढाएको बताउनुभयो । बालबालिकाहरु हरेक क्षेत्रमा अब्बल हुन शिक्षा सँगै अतिरिक्त क्रियाकलापमा पनि ध्यान दिनुपर्ने उहाँको भनाई थियो । शारिरिक, मानसिक र आध्यात्मिक रुपमा स्वस्थ हुन खेल अपरिहार्य रहेको समेत उहाँले बताउनुभयो ।
कार्यक्रममा एसटिएन टेलिभिजन तुलसीपुरका सह – सम्पादक आशिष केसीले बालबालिकाको सर्वाङ्गिन विकासका लागी खेलकुद महत्वपूर्ण रहेको बताउनुभयो । साथै उहाँले बालबालिकाहरुको रुचि अनुसार हरेक क्रियाकलापमा सहभागि बनाउनुपर्ने उल्लेख गर्नुभयो ।
पाठशालाको वार्षिक कार्यक्रम अन्तर्गत हरेक वर्ष खेलकुदका गतिविधीहरु संचालण भईरहेको प्रिन्सीपल हरी प्रसाद भण्डारीले बताउनुभयो । विद्यालयमा अध्ययनरत छात्र/छात्रा भित्र लुकेर रहेका अन्तरनिहित खेल प्रतिभालाई उजागर गरी खेलकुदमा पनि उत्कृष्ट बनाउँदै लैजाने उहाँले बताउनुभयो ।

स्पोर्ट मिटमा भलिबल, फुटबल, एथलेटिक्स लगाएतका सिनियर तथा जुनियर तर्फका खेलहरु हुनेछन् । साथै बिजेता खेलाडिहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने छ ।
उद्घाटन कार्यक्रममा विभिन्न संस्कृति झल्कने नृत्य समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य बिद्यालयका सहायक प्रधानाध्यापक थानेश्वर भट्टराईले राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण विद्यालयका एकाडेमिक कोर्डिनेटर प्रदिप भण्डारीले गर्नुभएको थियो ।
२०६७ सालमा स्थापना भएको साधना पाठशाला हाल कक्षा १० सम्म संचालणमा रहेको छ । पाठशालाले गुणस्तरीय शिक्षा सँगै खेलकुदमा पनि उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ ।









