Advertisement
Advertisement
Advertisement

एउटै रुखमा झुण्डिएको अबस्थामा माइजु भाञ्जाको शब फेला

तस्बिर : लाइभ दाङ
दाङमा पुस ९ गतेदेखि हराएका तुलसीपुर ३ गोटीखोला निवासी माइजु–भान्जा मृत भेटिएका छन । उनीहरुलाई बुधबार अपरान्ह ४ बजेतिर सानो बखरियाको जंगलमा मृत फेला पारिएको हो ।
एउटै रुखमा झुण्डिएको अबस्थामा माइजु तुलसीपुर ३ निवासी ३४ बर्षीया बसन्ती थापा र सोही ठाउँका भाञ्जा १९ बर्षीय तुलसीराम घर्ती मृत फेला परेका हुन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ स्थित सानो बखरिया जंगलमा पात टिप्न गएका स्थानीयहरुले देखेपछि प्रहरीलाई खबर गर्दा उनीहरु मृत अबस्थामा फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिए ।
उनीहरु गाउँबाट हराएपछि थापाका श्रीमानले खोजीकालागि प्रहरीमा निवेदन समेत दिएका थिए । थापाले दुई बर्षदेखि माताको रुपमा काम पनि गर्दै आएकी थिइन । उनीहरुले नजिकै खाजा खाएर सामूहिक आत्महत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
उनीहरुको शव कुहिएर किरा परेको अबस्थामा रहेको प्रहरीले बताएको छ । मृत्यु भएको २/३ दिन भइसकेको हुन सक्ने प्रहरीको अनुमान छ । शव पहिचान भइसकेकाले शवलाई पोष्टमार्टमकालागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याउने तयारी रहेको छ ।
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *