Advertisement
Advertisement
Advertisement

तुलसीपुरको युनाईटेड एकाडेमीले वनमै पढाउन थालेपछि…

Advertisement

आशिष केसी
तुलसीपुर, ९/माघ

युनाईटेड एकाडेमीले स्थानीय पाठ्यक्रममा समावेश विषयवस्तुको आधारमा विद्यार्थीहरुलाई फिल्डमै पढाउन सुरु गरेको छ । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. – ३ दमारगाउँ स्थित एकाडेमीले स्थानिय पाठ्यक्रममा समावेस विभिन्न विषयवस्तुलाई सम्बन्धित स्थानमै पढाउन सुरु गरेको एकाडेमीका प्रीन्सिपल कुलदिप गौतमले बताउनुभयो ।
यसैबीच सोमबार सामुदायिक वन यसकाे महत्व र संरक्षणको विषयमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुलाई सामुदायिक वनमै लिएर पढाएको उहाँले जानकारी दिनुभयो ।
किताबमा भएको कुरा फिल्डमै लगेर अवलोकन गराई पढाउँदा विद्यार्थीको सिकाई स्तर वृद्धि हुने उहाँको भनाई थियो । विद्यार्थीहरुलाई धार्मिक तथा पर्यटकिय स्थल, खोला, नदि तथा तलाउ लगायतको स्थलगत अवलोकन गराई शिक्षण गर्ने गरेको उहाँले बताउनुभयो ।

किताबमा भएको कुरा फिल्डमै आएर पढ्न पाउँदा बुझ्न सजिलो भएको कक्षा ८ का छात्र शिव परियारले बताउनुभयो ।
सामुदायिक वन यसकाे महत्व र संरक्षणको विषयमा सामुदायिक वन महासंघकी सचीव रक्षा काफ्ले ले प्रशिक्षण दिनुभएको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *