दाङको तुल्सिपुरमा रहेको मेरिगोल्ड बोर्डिङ स्कुलले भोलि माघ २० गते २७ औ बार्षिकोत्सब मनाउने भएको छ ।तुलसिपिर उपमहानगरपालिका वडा नम्बर ७ स्थित मेरिगोल्ड स्कुलको आफ्नै प्राङ्गणमा एक भब्य कार्यक्रमको आयोजना गरेर बार्षिकोत्सब मनाउन लागिएको बिद्यालयका प्रधानाध्यापक बासुदेब रिजालले जानकारी दिनुभयो ।
त्यस्तै बार्षिकोत्सबमा पछिल्लो समयका चर्चित एबम ब्यस्त गायक प्रताप दासको प्रस्तुति रहने उहाले बताउनुभयो ।
भोलीको कार्यक्रमको लागि गायक प्रताप दास तुल्सिपुर आइपुगेको जानकारी दिदै विद्यार्थी ,शिक्षक, अभिभावक लगायत सम्पुर्णलाई उपस्थितिका लागि प्रधानाध्यापक रिजालले अनुरोध गर्नुभएको छ ।
कार्यक्रममा विद्यार्थीहरुका प्रतिभाहरु समेत प्रस्तुत हुने छन ।
मेरिगोल्ड बोर्डिङ स्कुलको बार्षिकोत्सबमा भोलि गायक प्रताप दास आउदै



