Advertisement
Advertisement
Advertisement

तुलसीपुर महायज्ञमा सबैभन्दा बढी रकम दान गर्ने ज्ञानज्योती, १० लाख भन्दा बढी नगद दान

Advertisement
तुलसिपुरमा संचालन गरिएको महायज्ञमा ज्ञानज्योती फाउन्डेसनले सबैभन्दा बढी रकम दान गरेको छ ।
ज्ञानज्योती फाउन्डेसनले सबैभन्दा बढी रकम १० लाख ६६ हजार ६ सय ६६ रुपैया सहयोग प्रदान गरेको आयोजकले जनाएको छ ।
मानव सेवा आश्रमको भवन निर्माणार्थ संचालन भएको महायज्ञमा ज्ञानज्योती फाउन्डेसनका संस्थापक टीका बहादुर जि सी र ज्ञानज्योती कलेजका प्रमुख सुरेन्द्र जि सी ले बार्षिक १ लाख ११ हजार रुपैया मानव सेवा आश्रम सञ्चालनार्थ दिने घोषणा पनि गर्नुभएको छ ।
ज्ञानज्योती फाउन्डेसन द्वारा संचालित विद्यालयका शिक्षक शिक्षिका र विद्यार्थीहरुको स्वैच्छिक रुपमा सहयोग उठाएको र केही रकम विद्यालयले थपेर मानव सेवा आश्रमको भबन निर्माणका लागि आफुहरुले सहयोग गरेको ज्ञानज्योती मा बी का सहायक प्रधानाध्यापक मनोज कुमार के सी ले बताउनुभयो । आफुहरुले शिक्षा दिनुका साथै सामाजिक दायित्व पूरा गर्नका लागि सहयोग गरेको सहायक प्रधानाध्यापक के सी को भनाइ रहेको छ ।
त्यस्तै मानव सेवा आश्रमको भवन निर्माणार्थ तुलसीपुरमा संचालित महायज्ञमा लक्ष्य भन्दा बढी रकम संकलन भएको छ । माघ १३ गतेबाट आजसम्म संचालित महायज्ञमा ५ करोड बढी रकम संकलन भएको हो ।
अरनिको मैदानमा सञ्चालन गरिएको महायज्ञबाट नगद तथा प्रतिवद्धता समेत गरि ५ करोड ९ लाख १६ हजार ३ सय ९३ रुपैया संकलन भएको हो
Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *