Advertisement
Advertisement
Advertisement

युनाईटेड एकाडेमीको १७ औं वार्षिकोत्सव सम्पन्न

Advertisement

युनाईटेड एकाडेमीको १७ औं वार्षिकोत्सव सम्पन्न भएको छ । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. – ३ दमारगाउँ स्थित एकाडेमीको एक कार्यक्रमका बिच १७ औं वार्षिकोत्सव सम्पन्न भएको हो । एकाडेमी व्यवस्थापन समितिका अध्यक्ष गुरु प्रसाद तिवारीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नं.– ३ का कार्यवाहक अध्यक्ष कर्ण बहादुर बुढाको प्रमुख आतिथ्यता एवं नेशनल प्याव्सन दाङका अध्यक्ष भोजराज न्यौपानेको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रमलाई संबोधन गर्दै प्रमुख अतिथि बुढाले युनाईटेड एकाडेमीले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्नुभयो । एकाडेमीले संस्कार सहितको गुणस्तरिय शिक्षा दिन सफल भएको बताउनुभयो । त्यस्तै उहाँले किताबी ज्ञान संगै खेलकुद र अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थिहरुलाई अगाडी बढाएको भन्दै एकाडेमीको प्रशंसा गर्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि न्यौपानले बालबालिकाको सुनिश्चित भविष्यको लागी विद्यालय सँगै अभिभावक पनि जिम्मेवार बन्नुपर्ने बताउनुभयो । उहाँले आफ्ना बालबालिकाको लागि समय दिनुपर्ने सुझाव दिनुभयो । साथै उहाँले शिक्षक र विद्यार्थीको मेहनत र लगनशिलताकै कारण युनाईटेड एकाडेमीले फड्को मार्दै गएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा प्रधानाध्यापक कुलदिप गौतमले एकाडेमीको समग्र विकासका लागी गुरुयोजना बनाएर अघी बढेको बताउनुभयो । साथै उहाँले विद्यार्थिको सिकाई स्तर बृद्धी गर्न पाठ्यक्रममा समावेस विभिन्न विषयवस्तुका आधारमा फिल्डमै गएर पढाउन थालेको बताउनुभयोे ।

कार्यक्रममा एकाडेमी संचालक समितिका सदस्य झरेन्द्र खरेल, सामुदायिक वन महासंघकी केन्द्रिय सदस्य छवि खराल लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो । त्यस्तै कार्यक्रममा अभिभावकको तर्फबाट दिपक केसीले मन्तव्य राख्नुभएको थियो भने विद्यार्थीको तर्फबाट कक्षा ९ कि छात्रा रेणु देवकोटा र कक्षा ८ का छात्र शिव परियारले मन्तव्य राख्नुभएको थियो । त्यस्तै कार्यक्रममा अभिभावक शिवराज खरेलले कविता प्रस्तुत गर्नुभएको थियो ।

त्यसैगरी कार्यक्रममा ४० वर्ष शिक्षा क्षेत्रमा सक्रिय रही अवकास प्राप्त शिक्षक प्रेम सिंह डाँगीलाई शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको मुल्यांकण गर्दै सम्मान गरिएको थियो । वर्ष अभिभावक – २०८० बाट यामा केसी लाई सम्मान गरिएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य प्रधानाध्यापक कुलदिप गौतमले राख्नुभएको थियो भने कार्यक्रमको सहजिकरण एकाडेमीका शिक्षक खीम संगित भट्टराईले गर्नुभएको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *