Advertisement
Advertisement
Advertisement

ज्ञानज्योती फाउन्डेसनको आयोजनामा प्रथम लिटिल स्टार च्याम्पियनसीप २०८० सुरु

Advertisement

ज्ञानज्योती फाउन्डेसनको आयोजनामा प्रथम लिटिल स्टार च्याम्पियनसीप २०८० सुरु भएको छ ।बेल्झुल्डी रंगशालामा आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो ।  ज्ञानज्योती फाउन्डेसनका संस्थापक टिकाबहादुर जि सी को अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख चक्र भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । ज्ञानज्योती फाउन्डेसनका सिइओ सुरेन्द्र जि सी , ज्ञानज्योती कलेजका सहायक प्रधानाध्यापक मनोज कुमार के सी , लगाएत ज्ञानज्योती फाउन्डेसन अन्तरगतका बिद्यालयका शिक्षक शिक्षिका , विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि चक्र भण्डारीले ज्ञानज्योतीले यस्ता कार्यक्रममहरु आयोजना गरेर बिद्यार्थीहरुलाई सिर्जनात्मक ज्ञान पनि प्रदान गरिरहेको बताउनुभयो । आगामी दिनहरुमा पनि यस्तै कार्यक्रमहरु आगोजना गरेर विभिन्न क्रियाकलापहरु संचालन गर्नेमा आफुले बिश्वास लिएको तुलसीपुर उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख भण्डारीले बताउनुभयो ।

बिद्यार्थीहरुको सिर्जनात्मक शक्ति ,बिद्यार्थीहरुले सहकार्य गर्ने ,विद्यार्थीहरुको आत्माबिश्वास बढाउने ,बिद्यार्थीहरुमा जोश जाङर र खुशी प्रदान , विद्यार्थीहरुलाई नेतृत्वदायी भुमिका प्रदान गर्ने उदेश्यले प्रथम लिटिल स्टार च्याम्पियनसीप २०८० आयोजना गरेको लिटिल स्टार च्याम्पियनसीप २०८० का संयोजक राकेश डांगीले बताउनुभयो ।

ज्ञानज्योती फाउन्डेसन द्वारा संचालित ८ वटा बिद्यालमा युकेजी कक्षामा अध्यनरत ५२७ जना बिद्यार्थीहरुले लिटिल स्टार च्याम्पियनसीप २०८०मा सहभागीता जनाएका छन ।
विद्यार्थीहरुले २५ वटा खेलमा प्रतिस्पर्धा गर्ने छन ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *