दाङको तुलसीपुरमा रहेको ज्ञानज्योती फाउन्डेसनले दाङ जिल्लाकै सबैभन्दा ठूलो शैक्षिक भबन बनाउने भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ स्थित बरुवागाउमा भबन बन्ने भएको हो ।
आज सरस्वती पुजाको अबसर पारेर बिधिवत रुपमा पुजाआजा गरेर भबनको शिलान्यास गरिएको छ ।
भबन ९ तलाको बन्ने छ । बिद्यार्थीहरुको चापलाइ मध्यनजर गर्दै लिफ्ट सहितको सुबिधासम्पन्न भबन निर्माण गर्न लागिएको ज्ञानज्योती फाउन्डेसनका सिइओ सुरेन्द्र जि सी ले जानकारी दिनुभयो । २ बर्ष भित्र भबन निर्माण कार्य सकेर संचालनमा ल्याउने उहाले बताउनुभयो ।
भबन शिलान्यासका मुख्य कर्ताको रुपमा रहनुभएका ज्ञानज्योतिका सहायक प्राचार्य मनोज कुमार के सी ले होटल ब्यबस्थापनका प्रयोगशाला , बिज्ञानका अनुसन्धान तथा खोजमुलक सामाग्री सहितका हलहरु लगाएतका नया कोर्षहरु पढाउने उदेश्यले यो भबन निर्माण गर्न लागिएको बताउनुभयो । दाङ जिल्लामा शैक्षिक क्षेत्रलाई अगाडी बढाउन जतिसुकै लगानी गर्न आफुहरु तयार रहेको उहाको भनाइ रहेको छ ।
ज्ञानज्योती कलेज साबिकको मध्यपश्चिम तथा लुम्बिनी प्रदेशकै उत्कृष्ट कलेजमा पर्छ । यस कलेजमा दाङ सङ्गै रुकुम , रोल्पा , सल्यान , प्युठान लगायतका छिमेकी जिल्लाबाट विद्यार्थीहरु पनि पढ्न आउने गरेका छन ।कलेजले उत्कृष्ट नतिजा ल्याउने र गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेकाले कलेजमा विद्यार्थीहरुको आकर्षण रहेको ज्ञानज्योती मा बी का शैक्षिक संयोजक शरद गौतमले बताउनुभयो ।
ज्ञानज्योती फाउन्डेसन द्वारा संचालित ज्ञानदिप कलेजमा स्नातक तहका पढाइ हुने गरेको छ भने ज्ञानज्योती मा बि मा बिधालय तहको पढाइ हुँदै आएको छ ।



