Advertisement
Advertisement
Advertisement

ज्ञानज्योती कलेजमा नमुना संसद कार्यक्रम सुरु

Advertisement

ज्ञानज्योती कलेज तुलसीपुरमा नमुना संसद कार्यक्रम सुरु भएको छ । नयाँ युबा नयाँ सोच नेपालको सहकार्य र ज्ञानज्योती कलेजको आयोजनामा कार्यक्रम सुरु भएको हो ।
ज्ञानज्योती कलेजका प्रमुख सुरेन्द्र जि सी को अध्यक्षता र संविधान सभा सदस्य बुद्दिराम भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि भण्डारीले युवाहरुलाई सामाजिक राजनीतिक र आर्थिक रुपले थप उर्जाशील र गतिशील बन्न प्रेरित गर्नुपर्ने बताउनुभयो । हाम्रो धेरै मेहनत र प्रयासले आएको संविधानलाइ सबैले आ- आफ्नो ठाउँ बाट कार्यन्वयन गर्ने र नयाँ संचरना अनुसार मुलुकलाई समृद्ध बनाउनतर्फ सबै लाग्नुपर्ने मा उहाले जोड दिनुभयो ।उहाले नेपालको संविधान बिश्वमै उत्कृष्ट ठहरियकाले यसलाइ जोगाउदै युबाहरुले पनि संसद तथा संसदिय प्रणालीमा हुने कार्यहरूको ज्ञान लिएर अगाडि बढ्न आग्रह गर्नुभयो ।
त्यस्तै नयाँ युबा नयाँ सोच नेपालका कार्यक्रम संयोजक बिनोद खत्रीले हामीले भोट हालेर पठाएका सांसदहरुले के काम गर्छन भन्ने कुरा सबैले जान्नु पर्ने बताउनुभयो । नयाँ युबा नयाँ सोच नेपालले देशका विभिन्न ठाउँहरुमा नमुना संसद अभ्यास कार्यक्रमहरु संचालन गरेर संसदिय प्रणालीको बारेमा जानकारी दिदै आइरहेको उहाँले बताउनुभयो ।
कार्यक्रमका अध्यक्ष सुरेन्द्र जि सी ले नमूना युवा संसद अभ्यासले युवाहरुको क्षमता विकास, नेतृत्व विकाससहित स्वरोजगार बनाउनसमेत सघाउनेमा आफूले बिश्वास लिएको बताउनुभयो ।

उहाले नयाँ युबा नयाँ सोच नेपालले आफ्नो कलेजमा आएर कार्यक्रमम गरेकोमा खुशी व्यक्त गर्नुभएको थियो ।
नमुना युवा संसदमा देशको राष्ट्रपति, प्रधानमन्त्री चयन प्रकृया, सभामुख चयन गर्ने, बजेट पारित गर्ने, कानुन निर्माण प्रकृया , बिधियक माथी छलफल ,संसद सचिवालय लगाएतको बारेमा छलफल हुने छ ।
ज्ञानज्योती कलेजमा कानुन र ब्यबस्थापन बिषयमा अध्यनरत १०० भन्दा धेरै विद्यार्थीहरुको सहभागी रहेको छ र विभिन्न विद्यामा उत्कृष्ट हुनेहरूलाई पुरस्कारको समेत ब्यबस्था गरिएको छ ।
ज्ञानज्योती कलेजका कानुन बिषयका संयोजक सोमराज बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक सन्तोष के सी ले गर्नुभएको थियो ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *