Advertisement
Advertisement
Advertisement

चर्चित गायिका माण्डवी त्रिपाठी र गायक प्रकाश रेग्मीले नचाए दाङको डिभाईन टेम्पलमा

Advertisement

आशिष केसी
तुलसीपुर, १७ फागुन।

दाङ तुलसीपुर स्थित डिभाईन टेम्पल एकाडेमीमा बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा चर्चित गायिका माण्डवी त्रिपाठी र लोकप्रिय गायक प्रकाश रेग्मीले प्रस्तुति राखेका थिए । राष्ट्रिय स्तरका लोकप्रिय गायक गायिकाको गितमा विद्यार्थी, शिक्षक र अभिभावक झुमेका थिए ।

गायिका माण्डवीले आफ्ना चर्चित गितहरु मात लाग्यो मात लाग्यो, ढल्क्यो ढल्क्यो, सिम्पल सिम्पल कान्छिको, टाकनटुकन लगायतका गितहरु प्रस्तुत गरेकी थिईन । उनका गितमा सबैजना उत्साहित हुँदै नाचेका थिए । त्यसैगरी लोकप्रिय गायक प्रकाश रेग्मीले मुटु भरी तिम्रै माया, तिम्रो मायाको बस्ती, टप्पा गित डाली नुङ्यो पिरतिको लगायत गितहरु प्रस्तुत गरेका थिए । उनको टप्पा गितमा सहभागी सबै छमछमी नाचेका थिए ।

 

त्यस्तै कार्यक्रममा साहित्यकार प्रबल विष्टले गजल वाचन गरेका थिए । कार्यक्रममा लोकप्रिय संगिकार विपिन आचार्यको समेत सहभागीता रहेको थियो । सो अवसरमा विद्यार्थीहरुले विभिन्न संस्कृती झल्कने गित, नृत्य सँगै विभिन्न प्रतिभाहरु प्रस्तुत गरेका थिए ।

डिभाईन टेम्पल एकाडेमिको १५ औं वार्षिकोत्सवको अवसरमा १५ दिनसम्म विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । सोही कार्यक्रम अन्तर्गत विहिबार बृहत सांगितिक कार्यक्रमको आयोजना गरिएको थियो । मनोरञ्जन सँगै विद्यार्थीहरुलाई गित संगितमा सहभागी बनाउँदै अघि बढाउने योजना अनुसार सांगितिक कार्यक्रमको आयोजना गरिएको एकाडेमीका संस्थापक भोजराज न्यौपानेले बताए । बालबालिकाहरुलाई किताबी ज्ञान सँगै सबै प्रकारका अतिरिक्त कृयाकलापमा पनि सहभागी बनाउँदै आएको उनले बताए ।

एकाडेमिका संस्थापक न्यौपानेको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा न. – ६ का अध्यक्ष दुजमान भण्डारीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले शैक्षिक क्षेत्रमा डिभाईन टेम्पलले बेग्लै पहिचान बनाउन सफल भएको बताए । परिक्षामा मात्र नभई डिभाईन टेम्पल अतिरिक्त क्रीयाकलापमा पनि उत्कृष्ट बन्दै गएको भन्दै प्रशंसा व्यक्त गरे ।

फुड फेस्टिभलमा विविध खानाका परिकार

एकाडेमीले बुधबार फुड फेस्टिभलको आयोजना गरेको थियो । जहाँ विद्यार्थीहरुले विभिन्न समुदायको खानाका परिकारहरु आफैले बनाएर प्रदर्शन गरेका थिए । एकाडेमीका संस्थापक न्यौपानेले विद्यार्थीहरुलाई सबै समुदायको खानाको बारेमा जानकार बनाउनुका साथै खाना पकाउन समेत सिकाईएको बताए ।

त्यस्तै शुक्रबार मानवसेवा आश्रममा खाद्यान्न सहयोग गर्ने कार्यक्रम रहेको न्यौपानेले बताए । फागुन १९ गते शनिबार बृहत कार्यक्रमका बिच १५ औं वार्षिकोत्सव सम्पन्न गर्ने तयारी गरिएको छ ।

Advertisement
Advertisement
Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *